३१ आश्विन २०८३, शनिबार

माधव नेपालको कार्यक्रममा मधेसी मोर्चाको आक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २५ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपाल सहभागी भएको एक कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेका छन् ।

सोमबार सुनसरीको हरिनगरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका नेता नेपालले भाषण सुरु गर्न लाग्दा ढुंगामुढा हानेर आक्रमण भएको थियो । नेपाललाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि दुई पक्षबीच तनाव भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न नेपाल मञ्चतर्फ अघि बढ्दै गर्दा मोर्चाका कार्यकर्ताले ढुंगामुढा शुरु गरेका थिए । लगत्तै प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षीय झडप शुरु भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका केही कार्यकर्ता घाइते भएका छन् ।