३१ आश्विन २०८३, शनिबार

लोकमान प्रकरणः ज्वाईँ प्रबल पनि फसे, सर्वोच्चले सुनायो यस्तो सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदमुक्त गरेको सर्वोच्च अदालतले उनका ज्वाइँ प्रवल थापालाई भने जरिवाना गरेको छ ।

प्रबललाई म्याद तामेलीमा अवरोध गरेको भन्दै सर्वोच्चले एक हजार रुपैयाँ जरिवाना गरेको हो ।

आइतबार न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दप्रसाद भट्टराई र सुनिलकुमार सिन्हाको पूर्ण इजलासले म्याद तामेलीमा आफै उपस्थित भएर बाधा विरोध गरेकोभन्दै जरिवाना सुनाएको हो ।

लोकमानका ज्वाईँ थापाले कार्तिक १ गते लोकमानको घरमा म्याद बुझाउन अदालतलाई अबरोध गरेका थिए ।