१ कार्तिक २०८३, शनिबार

एक सातामा कति बढ्यो सुनको मूल्य ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ५३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो शुक्रबार कारोवार भएको मूल्य हो । अर्थात शुक्रबारको भाउ आज पनि यथावत छ ।

तर, गएको आइतबारदेखि आजको आइतबारसम्म आइपुग्दा भने सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । अर्थात गएको आइतबार प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदी एक हप्ताको अवधिमा तोलामा २५ रुपैयाँ महँगो भएको छ । गएको आइतबार तोलाको ७५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ८० कायम भएको छ ।