१ कार्तिक २०८३, शनिबार

विश्वलाई घेर्ने यस्तो छ चीनको महत्वकांक्षी योजना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २२ पुस । चीन र ब्रिटेनबीच जोडने रेल लाइन अन्तर्राष्ट्रिय माल परिवहनको क्षेत्रमा असम्भव जस्तै मानिएको छ । यो रेल लाइन चीनबाट शुरू भएर कजकिस्तान, रूस, बेलारूस, पोल्याड, बेल्जियम र फ्रान्स हुँदै ब्रिटेन पुग्नेछ ।

एशियाबाट यूरोपसम्म सिधा मालगाडी सेवा सञ्चालनको चीनले आफ्नो शहर ईवूमा सन् २०१७ को पहिलो दिन हरियो झण्डा देखाए शुरुवात गरेको छ । चीनको यो महत्वकांक्षी योजनालाई विश्वले हेरिरहेको छ । विशेष गरेर अमेरिका, भारत जस्ता देशहरू चीनको प्रगति र योजनाबाट जल्नु स्वभाविक पनि हो ।

चिनियाँ समचार संस्था शिन्हुआका अनुसार चीनबाट सामान लिएर हिँडेको मालगाडी १८ दिनमा १२ हजार किलोमिटरको दूरी पार गर्नेछ । यही सडकमार्फत चीनले आफ्नो व्यावसायिक गतिविधि पश्चिम यूरोपसम्म गर्ने गर्नेछ ।

बीबीसीका बेइझिङ संवाददाता जँन सडवर्थले भनेका छन्, ‘हालै चीनले यूरोपीयन शहरसम्म सिधा रेल लाइन शुरु गरेको छ । लन्डन शहर पनि चीनको बेल्टमा पर्नेछ ।’

चीनको यो अभियानमा रूस र बेलारूसले साथ दिइरहेका छन् । यो रूटले चीनको शहर ईवूदेखि स्पेनको मैड्रिडलाई पनि जोड्नेछ ।

चीनका राष्ट्रपति सि जिनपिंगले सन् २०१३ मा ‘एक बेल्ट एक रूट’ परियोजनाको शुरुआत गरेका थिए । यसमा एशिया, अफ्रीका र यूरोपका देशका सडक मार्ग जोड्ने योजना चीनको छ ।

तर चीनमा अब उत्पादन घटिरहेको समाचारमा जनाइएको छ । यस्तो अवस्थामा चीनका लागि यो रूट चलाउन ईवूको उत्पादन बढाउनु पर्ने हुन्छ ।

‘एक बेल्ट एक रूट’ परियोजनाका चीनका मास्टर प्लान र प्रविधिलाई प्रयोग गरेर नयाँ क्षेत्रको पहिचानसहित उत्पान बढाउनुपर्ने छ । चीनले समुन्द्र र सडक मार्गमार्फत पश्चिमतिर आफ्नो व्यापारलाई अगाडि बढाइरहेको छ ।

न्यू सिल्क रोड परियोजना अन्तरगर्त चीनले मध्यपूर्व र अफ्रीकासम्म पुग्न चाहेको प्रष्ट देखिन्छ । चीनले ठूलो संख्यामा रेल लाइन, बंदरगाह र राजमार्गको निर्माण गर्नुपर्छ ।

राजमार्ग हुँदै मध्य एशिया, पूर्वी यूरोप र पश्चिमी यूरोपको एशियाको मुख्य जमीन जोडिएको छ । यही बाटो प्रयोग गरेर ८०० सय वर्ष अगाडि चंगेज खानले विश्वका थुप्रै इलाका कब्जा गरेका थिए । सोही बाटोलाई प्रयोग गरेर अहिले चीन अर्थतन्त्र र विश्वलाई आफ्नो कब्जामा राख्न चाहन्छ ।

समुन्द्री मार्ग प्रयोग गरेर चीन सागर, हिन्द महासागर, हर्न अफ अफ्रीका र लाल सागर हुँदै भूमध्य सागरसम्म पुग्ने चीनको महत्वकांक्षी योजना छ । – बीबीसी