३१ आश्विन २०८३, शनिबार

जब ओली गाडी छाडेर पैदल हिड्न थाले…, बाटोभरी यसरी भयो तँछाडमछाड (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विहिबार अपराह्न राजधानीमा पैदल हिड्दा हेर्नेका भीड लागेको छ ।

एमालेका भातृ संगठनसहित विपक्षी ९ दलले प्रदर्शनीमार्गमा आयोजना गरेको मोटरसाइकलको बृहद र्याली उद्घाटन गर्न आउने क्रममा ओली पैदल हिडेका हुन् ।

यसअघि उनी पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीको पत्रकार सम्मेलनमा थिए । त्यहाँबाट सुरक्षा स्कर्टिङमा आएका ओली ट्राफिक जामका कारण बागवजार चोकमै ओर्लिए । त्यहाँबाट पैदलै अघि बढे ।

जव ओली पैदल हिंड्न थाले वरिपरी रहेका सर्वसाधारण ओलीको पछि पछि दौडन थाले । यातायात जामका कारण रोकिएका बटुवाहरु पनि खल्तीबाट मोवाइल झिक्दै ओलीलाई समेट्नेगरी सेल्फी खिच्न ब्यस्त देखिन्थे । बागवजारदेखि भद्रकाली नजिकसम्म पुग्दा सर्बासाधारणमा पूर्वप्रधानमन्त्री ओलीप्रतिको आकर्षण देख्न सकिन्थ्यो ।

बागवजारको मुखमै भेटिएका केही युवाहरु ‘केपी ओली, केपी ओली’ भन्दै पछिपछि दौडिरहेका थिए । सडक किनाराका पसले, बटुवा र स्कुल कलेजबाट फर्केका विद्यार्थीहरु आफ्नो गन्तब्य छोडेर ओलीको पछि-पछि हिंडेका थिए ।

ओलीका साथमा महासचिव ईश्वर पोखरेल, युवा संघ इन्चार्ज निरु पाल लगायतका नेताहरु थिए ।