३१ आश्विन २०८३, शनिबार

वामदेव गौतमको कमाण्डमा राजधानीमा अहिलेसम्मकै ठूलो मोटरसाइकल र्याली (फोटो फिचर)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेले विहिबार अपराह्न राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।

राष्ट्रघाति र जनहित विपरितको संविधान संशोधन विधेयकविरुद्ध पुस २२ गते विपक्षी ९ दलद्धारा आयोजित विशाल आमसभाको पूर्वसन्ध्यामा अपराह्न १० हजारभन्दा बढी संख्यामा मोटरसाइकल र्याली निकाल्दै एमालेले शक्ति देखाएको हो ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार मोटरसाइकल र्यालीको सुभारम्भ एमाले उपाध्यक्ष वामदेव गौतम र सचिव गोकर्ण विष्टले प्रदर्शनीमार्गबाट गरेका थिए । र्यालीले चक्रपथसहित पुरै राजधानीको परिक्रमा गरेको छ ।

हेर्नुस् भिडियो पनिः

https://www.youtube.com/watch?v=IjldWWvIIpE

र्यालीमा नेकपा एमाले निकट युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, किसान महासंघ, खेलकुद महासंघसहित बिपक्षी ९ दलका भातृ संगठनका नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

पुस २२ गते रत्नपार्कबाट मुल जुलुस सुरु भई सहर परिक्रमा गरि ३ बजे भृकुटीमण्डपमा आयोजना हुने बिरोधसभालाई एमालेसहित ९ विपक्षी दलका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ ।