१३ कार्तिक २०८३, शुक्रबार

सहमतिका लागि के चाहना छ एमालेको ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० पुस । संशोधन विधेयक प्रक्रियामा लैजाने, स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गराउने, संवैधानिक अंगका नियुक्तिहरूमा राजनीतिक भागबन्डा लगाउनेसम्मका विषयमा प्याकेज सहमति हुने सापकोटाको भनाइ छ ।

‘एमाले निर्वाचनमा जान आतुर छ, इच्छुक पनि छ, उसलाई संवैधानिक अंगमा पनि नियुक्तिहरूमा साझेदारी चाहिएको छ, यस अर्थमा पनि एमाले सहमतिमा आउनेछ,’ माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अब संसद् खोल्ने–नखोल्ने विषयमा भन्दा पनि निर्वाचन कानुनहरू, संसदमा रहेको महाअभियोग प्रस्ताव, संविधानअनुसारको केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन, संवैधानिक अंगहरूको नियुक्तिलगायतका विषयमा प्याकेज सहमति खोज्नेतिर माओवादी केन्द्रले दलहरूसँग छलफल अगाडि बढाउन भएको छ ।

एमालेले सर्वोच्च अदालतको निर्णयअनुसार संंविधान संशोधन प्रस्ताव फिर्ता लिई राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारको ध्यानाकर्षण गरेको छ ।

सर्वोच्चले संविधान संशोधनका विषयमा सोमबार दिएको आदेशपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न अध्यक्ष केपी ओलीनिवास बालकोटमा मंगलबार स्थायी समिति बैठक बसेको थियो ।

एमालेले सर्वोच्चले तीन तहको निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्न र प्रदेशसभा गठन भएपछि मात्रै सीमांकन हेरफेर गर्न सकिने संविधानको धारा नै उल्लेख गरेर आदेश दिनुले पार्टीले राख्दै आएको अडान स्थापित भएको विश्लेषण गरेको छ ।

‘प्रदेशसभाको सहमतिविना प्रदेशको सीमांकन हेरफेर हुन सक्दैन भनी संविधानमा उल्लिखित व्यवस्था र हाम्रो पार्टीको अडानलाई सर्वोच्च अदालतको हिजोको आदेशले थप पुष्टि गरेको छ,’ सचिव योगेश भट्टराईले भने ।