१३ कार्तिक २०८३, शुक्रबार

एमाले तयार भएपनि संशोधनको अन्तर्वस्तुमा सहमति नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० पुस । संविधान संशोधनको अन्तर्वस्तुमा भने एमाले सहमतिमा नआउने निष्कर्षमा माओवादी केन्द्र पुगेको छ ।

‘उहाँहरू अब संसद्को प्रक्रियामा गएर संविधान संशोधनको विषयमा छलफलमा भाग लिई आफ्नो मत सम्पत्तिका रूपमा राखेर जाने मनस्थितिमा पुग्दै हुनुहुन्छ जस्तो लाग्छ,’ माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एमाले स्थायी समिति बैठकले पुनः संशोधन विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्ने भनी गरेको निर्णय औपचारिकताका लागि मात्र गरेको माओवादीको भनाइ छ ।

तर, दलहरूबीच संसद्को आगामी बैठकसम्म सबै राजनीतिक विषयमा सहमतिको खोजी हुने र त्यसबीचमा एमालेले विधेयक फिर्ताको अडान छाड्ने बुझाइ उसको छ ।

‘दलहरूबीचमा कुनै न कुनै सहमतिमा नपुग्दासम्म औपचारिक रूपमा लिने अडान मात्र हो एमालेको मंगलबारको निर्णय,’ नेता सापकोटाले भने, ‘तर, उहाँहरू संशोधनका विषयमा प्रक्रियामा जाने र सदनको परिणामलाई स्विकार्ने, अन्य विषयमा भने दलहरूबीचमा सहमतिको खोजी गर्ने गरी सहमतिको सूत्रको खोजीमा जानुहुन्छ । अहिलेसम्मको राजनीतिक विकास हेर्दा सम्भावना त्यतैतिर बढेको छ ।’