३१ आश्विन २०८३, शनिबार

प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्षमा शालिकराम पन्थ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बहराइन । नेकपा एमाले को वैदेशिक संगठन प्रबासी नेपाली मञ्चको बहराइनको दोश्रो अधिबेशन बहराइनको राजधानी मनामास्थित फुड सिटिको सभाहलमा भब्य रूपमा सम्पन्न भएको छ ।

मञ्चका निबर्तमान अध्यक्ष दुर्गा गिरिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा खाडी इन्चार्ज श्रीप्रसाद शाह, विशिष्ट अतिथी प्रबासी नेपाली मञ्च युएईका पूर्ब अध्यक्ष तथा सल्लाहकार प्रकाश कोइराला, विशेष अतिथि प्रबासी नेपाली मञ्च कुबेतका पूर्ब महासचिव तथा सल्लाहकार रबि बन्जाडे रहनु भयको थियो ।

त्यसैगरि अतिथीहरु मा विभिन्न पाँच राजनीति पार्टी का भातृ संगठनका अध्यक्ष तथा प्रतिनिधि रहनु भयको थियो भने बहराइनमा रहेका सवै सामाजिक संघ – संस्थाका प्रतिनिधि लाई पनि अतिथि को रुपमा बोलाइएको थियो ।

नेपाली राष्ट्रिय गान बाट शुरु भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष सोमराज कान्दवाङले स्वागत मन्तव्य र संगठन प्रमुख चन्द्र बहादुर महतराले समसामयिक बिषयमा मन्तव्य राख्नु भयको थियो ।

विभिन्न पाँच राजनीतिक भातृ संगठनका अतिथि तथा प्रतिनिधिहरु ले अधिबेशन को सफलता को शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि बन्जाडेले माउ पार्टीको जबज को सिद्धान्त र प्रबासमा रहेपनि सामाजिक कार्यलाइ टेवा पूर्याउने उदेश्यले नै प्रबासी नेपाली मञ्च को स्थापना भएको बताउनु भयो ।

सामाजिक हित, राष्ट्रिय एकता मा जोड, प्रबासी का हक हित का सवाल मा आवाज उठाउन प्रबासी नेपाली मञ्च  सधै तत्पर रहेको भन्दै वहाँले थप्नु भयो- एमाले को सैद्धान्तिक मुल्य र मान्यतामा सबै जना अट्न सके मुलुक आमूल परिवर्तन हुन कुनै आइतबार कुर्न पर्दैन ।’

शुभकामना कै क्रममा विशिष्ट अतिथि कोइरालाले नेकपा माओवादी केन्द्र नेतृत्व को सरकार ले देश लाई झन जटिलतामा फसाउदै गएको र यो सरकार रहिरहे देश मा परिवर्तनका उपलब्धिहरुलाइ संस्थागत गर्न नसकिने भन्दै आजको आवश्यकता चुनाब र एकता नै रहेको बताउनु भयो ।

चुनाबदेखि भाग्ने र जाति जातिमा युद्ध गराइ नेपाल लाइ फिजिकरण गर्ने भन्दा अन्य कुनै योजना यो सरकार संग नभएकोले सवै सचेत रहनु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी कार्यक्रम का केन्द्र बिन्दु नेकपा एमाले का केन्द्रिय सदस्य तथा खाडी इन्चार्ज श्रीप्रसाद साहले देशको गतिरोध अन्त्य गर्न र समृद्धिलाइ अगाडि बढाउन यो बाह्य शक्ति केन्द्रवाट संचालित सरकारको विघटन र राष्ट्रबादी मोर्चाको आबश्यक्ता र सरकारको नेतृत्व हुनुपर्छ । जबसम्म राष्ट्रबादीको सरकार हुँदैन तब सम्म लोकतान्त्रिक गणतन्त्र पनि संस्थागत नहुने र प्रवासी नेपालीहरुको हक हितको सुरक्षा पनि नहुने भएको हुदा तत्काल चुनावी माहोल बनाइ चुनाबमा जानुको विकल्प नभएको बताउनुभयो ।

प्रबास मा हुने पार्टी का आस्थावान सबै लाई नेकपा एमाले को झणडा मुनि गोलबन्द भै प्रबासी का समस्या र समाधान का पाटाहरु औंल्याइ सम्बन्धि निकाय सम्म पुगाउन नेकपा एमाले सदैव प्रबासी नेपालीहरु को साथमा रहेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको दुर्गा बहादुर गिरि ले उद्घाटन सत्र समाप्ति भएको र बन्द सत्र मा हल परिणत गराउदै उद्घाटन सत्र लाई समापन गरिएको थियो ।

बन्दसत्रमा निबर्तमान अध्यक्ष दुर्गा गिरि ले राजनीतिक तथा सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने निबर्तमान उपमहासचिव काजी थापा मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

शालिकराम पन्थको अध्यक्षमा नयाँ कार्यसमिति

त्यसैगरि अधिबेशनले शालिकराम पन्थको अध्यक्षमा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा चन्द्रबहादुर महतरा, सोमराज कान्दवाङ र भिम कुवर, महासचिवमा काजी थापामगर, सचिबमा राजु पहारी, कोषाध्यक्षमा हरि श्रेष्ठ र सदस्यहरुमा बिजय गिरि, शिवसंकर आचार्य, कमला बोहरा, लक्ष्मी कडेल, सुधिर श्रेष्ठ, मेघनाथ आचार्य, नजाम अन्सारी, कमल परियार, थोमस कुलुङ, साजरा निशा, कृष्णप्रसाद गैरे, दिपेन्द्र चन्द लगायत रहेका छन् ।

त्यसैगरी दुर्गा गिरिको संयोजकत्वमा, जेपि सापकोटा, काशीनाथ पौडेल, राजु भट्टराई, बेदराज पौडेल सदस्य रहनेगरि सर्बसहमतिबाट सल्लाहकार कमिटी पनि निर्बाचित गरिएको छ ।

कार्यक्रम समापन गर्दै निर्बाचित अध्यक्ष शालिकराम पन्थले आफ्नो कार्यकालभरी विभिन्न सामाजिक, राजनीतिक गतिविधि संचालन गर्ने बताउनु भएको सचिब राजु पहारीले जानकारी दिनुभयो ।