काठमाडौं, १९ पुस । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले ‘टोपी दिवस’को खिल्ली उडाउने नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको आलोचना गरेका छन् । र, बाबुरामले आफ्नो धरातल बिर्सिएको संकेत गरेका छन् ।
आइतबार नेपालमा चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको थियो । अधिकांशले टोपी नेपालीको पहिचान भन्दै शिरमा लगाएर सामाजिक सञ्जालमा फोटो समेत राखे ।
तर, पूर्वप्रधानमन्त्री बाबुरामलाई भने यो कुरा मन परेन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट टोपी दिवसको खिल्ली उडाए । यद्यपी उनले आइतबारै परेको अंग्रेजी नयाँ वर्षको भने खुलेरै शुभकामना दिए ।
टोपी दिवसको खिल्ली उडाउँदै उनले ट्वीट गरेका थिए– ‘टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?’
यसको जवाफमा एमाले नेता पोखरेलले बाबुरामलाई प्रधानमन्त्री हुँदा टोपी लगाएको कुराको स्मरण गराएका छन् । र, धरालत विर्सिएको भन्दै आलोचना गरेका छन् ।
‘बाबुरामजी प्रमको हैसियतमा राजकीय भ्रमणगर्दा नेपाली पहिचानको प्रतिक टोपी नै लगाउनु भो । तर जनताले ‘टोपी दिवस’ मनाउदा त्यसकै खिल्ली उडाउनु भो’, एमाले नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
यसअघि कलाकार दीपकराज गिरी र कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि टोपीको खिल्ली उडाउने बाबुरामलाई जवाफ दिइसकेका छन् । टोपी दिवस मनाइसकेपनि खिल्ली उडाउँदा बाबुरामले अहिलेसम्म जताततैबाट आलोचना खेप्नुपरेको छ ।
















प्रतिक्रिया