वाशिंगटन डीसी । दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति)ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ति गरेको छ ।
गत दिसेम्बर २६,२०१६ तारिख एएनए संचालक समितिको बैठकको निर्णय अनुसार जनवरी ७ तारिखदेखि लागू हुने गरी एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ति गरेको बिज्ञप्तिमा जनाइएको छ ।
वर्तमान कार्यकारी समितिको कार्यकाल अवधि आगामी जनवरी ६ तारिखमा समाप्त हुने भएकोले जनवरी ७ तारिख देखि नै लागू हुने गरी एएनए बोर्ड अफ ट्रस्टी निर्णय गरेको छ ।
एएनए अन्तरिम कार्यकारी समितिले जनवरी ७ देखि काम अर्को चुनाबको व्यवस्था नहुन्जेल एएनएको वार्षिक सम्मेलन जुलाई ४ तारिखसम्म काम गर्ने जनाएको छ ।
एएनए संचालक समितिले वर्तमान सभापति शम्भु ढुंगाना तथा समितिलाई कुशल नेतृत्व प्रदान गर्न सफल भएकोमा धन्यवाद दिएको छ । एएनए अन्तरिम कार्यकारी समितिले एएनए संचालक समितिको निर्देशन अनुसार काम गर्ने तथा अर्को चुनाबद्वारा नयाँ कार्यकारी समिति गठन नहुन्जेल काम गर्ने जनाएको छ ।
हरेक दुई वर्षको जुन महिनामा निर्वाचन हुने गरेता पनि जनवरी २०१५ मा अदालतद्वारा एएनए संचालक समितिको नियुक्ति भएकोले उक्त कार्यकारी समितिको म्याद आगामी जनवरी ६ ,२०१७ मा समाप्त हुने बिज्ञप्तिमा उल्लेख गरेको छ ।
निवर्तमान अध्यक्ष रोजर अधिकारीलाई एएनए संचालक समितिले संचालक समितिको सदस्यमा नियुक्त गरेको छ । उनको समय अवधि जनवरी ७ मा म्याद गुज्रिने हुन्छ भने वर्तमान अध्यक्ष शम्भु ढुंगाना एएनए संचालक समितिमा प्रवेस गर्ने छन् ।
एएनए संचालक समिति (बोर्ड अफ ट्रस्टी) सन् २०१५ मा स्थापित भएको हो भने गत वर्ष एएनए एटलान्टा सम्मेलनका साधारण सभाले अनुमोदन गरेको छापा बिज्ञप्तिमा जनाईएको छ ।
एएनए अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी, वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, संचार निर्देशकमा तुलसी जोशी, समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडालाई नियुक्त गरिएको छ ।
















प्रतिक्रिया