वाशिंगटन डीसी । वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् । करीब दुई महिनादेखि अमेरिकाको विभिन्न राज्यहरुका शहरहरुमा आयोजना भै रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायकको भूमिकामा अति ब्यस्त रहेका हुन् । उनले भने, ‘यो मेरो अमेरिकाको दोश्रो भ्रमण हो ।’
उनले पहिलो भ्रमणको स्मरण गर्दै पहिलो भ्रमणमा लगभग तीन महिना बसेको बताए ।
उनले भने, ‘पहिलो भ्रमणमा पनि नेभादाको रेनोमा सम्पन्न २०१६ युएस खुला तेक्वान्दो प्रतियोगिता, भर्जिनियामा सम्पन्न २०१६ नेसनल क्यापिटोल खुला तेक्वान्दो प्रतियोगिता, २०१६ भर्जिनिया स्टेट तेक्वान्दो प्रतियोगिता, मेरिल्याण्डमा सम्पन्न २०१६ मेरिल्याण्ड स्टेट तेक्वान्दो प्रतियोगिता साथ साथै पोर्टल्याण्ड ओरेगनमा सम्पन्न युएस खुला तेक्वान्दो प्रतियोगितामा समेत आधिकारिक अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरी स्वदेश फर्केको बताए ।
‘हाल पनि मेरो दोश्रो भ्रमणको दौरानमा अक्टोबर १४–१५, २०१६ मा पोर्ट ल्याण्ड ओरेगनमा सम्पन्न ११ औ अन्तर्राष्ट्रिय खुला मैत्री पूर्ण तेक्वान्दो प्रतियोगिता साथै अक्टोबर २७–३०, २०१६ सम्म पोर्टल्याण्डमै सम्पन्न प्रथम (डब्लु टि एफ) प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता र नोवेम्बर ११, २०१६ नर्थ क्यारोलिनामा सम्पन्न ३४ औ ली ब्रदर्स कप तेक्वान्दो प्रतियोगितामा समेत देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेर तीनै वटा प्रतियोगितामा उत्कृष्ट निर्णायक को पुरस्कार पनि हात पार्न सफल भए’, उनले बताए ।
















प्रतिक्रिया