
इटहरी, ९ पुस । मोरङको सुन्दरदुलारी नगरपालिका ११ मा रहेको एक पेट्रोल पम्पमा चोरी गर्न पुगेका युवा र गाउँलेबीच आइतबार राति दोहोरो झडप भएको छ ।
झडपमा घाइते भएका एक स्थानीय र चोरी गर्न आएका अर्का युवाको अवस्था गम्भीर छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
कृष्ण आयल ट्रेडर्समा राति १२ बजे रिक्सा चढेर चोरी गर्न आएका दुर्इ जना युवा र गाउँलेबीच झडप भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
युवाले पम्प काउन्टरको झ्यालमा लागाएको ग्रिल तोडफोड गर्न थालेको थाहा पाएर पम्पका कर्मचारी पुष्प सिग्देलले होहल्ला गरेका थिए ।














प्रतिक्रिया