३१ आश्विन २०८३, शनिबार

टोपी दिवस काण्डले पार्टीभित्रै बाबुरामको आलोचना, माफी माग्न नेताहरुको आग्रह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले टोपी दिवसविरुद्ध दिएको प्रतिक्रियाको अहिले जताजतै आलोचना भइरहेको छ ।

बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत टोपी दिवसको विरोध गरेकोमा बाहिरका मात्रै होइन् आफ्नै पार्टीभित्रका नेताले पनि आलोचना गर्न थालेका छन् ।

यसैक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य देव लिम्बु लाबुङले भट्टराईको गलत विचारले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै माफी माग्न आग्रह गरेका छन् ।

पहिचानको राजनीतिको वकालत गर्दै आएका भट्टराईले आइतबार राष्ट्रिय टोपी दिवसप्रति लक्षित गर्दै लेखेका थिए– ‘टोपी दिवस रे ! अव बख्खु दिवस ! धोती दिवस !.. संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहु संस्कृति स्वीकारीसकेको देशमा कल संस्कृतिका कुरा कति जायज ?’

आफ्ना पार्टीका संयोजक भट्टराईको यस्तो धारणा सार्वजनिक भएपछि लिम्बुले बाबुरामलाई रिट्वीट गर्दै लेखेका छन्– ‘बाबुरामजी तपाईंको यो गलत विचारले हाम्रो पार्टी नयाँ शक्तिलाई क्षति हुने देखियो । तत्काल विचार सच्याएर आत्मालोचना गर्न आग्रह छ ।’

बहु संस्कृतिलाई सबै संस्कृतिको स्वतन्त्रता विपरित निश्चित संस्कृतिमाथिको निषेधका रुपमा बाबुरामले अथ्र्याएको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि उनको तिब्र आलोचना गरेका छन् ।