३१ आश्विन २०८३, शनिबार

कतारमा नयाँ शक्तिले आफ्नो प्रथम बर्षगाँठ मनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । नयाँ शक्ति कतार अभियानले १ बर्ष पूरा गरेको खुसियालीमा अन्तर्राष्ट्रिय नेपाली समाज कतारले जनवरी १ अर्थात् पुस १५ लार्इ आफ्नो बर्ष गाँठको रुपमा मनाएको छ ।

संगठनका संयोजक बीबी खरालको सभापतित्व तथा नयाँ शक्ति पार्टी प्रादेशिक कमिटीका सदस्य तथा नयाँ शक्ति अमेरिकाका सचिवालय सदस्य बेबसायी युवा नेता होब खड्काको बिशेष आतिथ्य र संगठनका सह संयोजक लाल भट्ट, दुर्गा सुनार, प्रवक्ता ध्रुब क्षेत्री, कोषाध्यक्ष, देबबहादुर परियार, सहकोषाध्यक्ष सन्तोष बस्नेत, दलित शक्ति कतारका संयोजक कृष्ण परियार, मधेस ब्यूरो संयोजक नबिराज खान, अनुशासन बिभागका संयोजक दुर्गा भुसाल, प्रशिक्षण बिभागका संयोजक सीसी सुबेदी लगायत सम्पूर्ण कार्यसमितिका सदस्य तथा सुभ चिन्तकहरुको उपस्थितिमा भब्य रूपमा आफ्नो १ बर्ष गांठको शुभकामना आदान प्रधान कार्यक्रम दोहाको नेपाली आँगन रेस्टुरेंटमा समापन गरेको छ ।

संगठनले सम्पूर्ण कतारबासी नेपालीहरुलाई हालसम्म संगठनलाई संयोग र सदभाब राख्नु भएकोप्रति धन्यबाद ज्ञापन गर्दै कार्यक्रममा संगठन बिभाग प्रमुख लाल भट्टले शुभकामना सन्देशसहित कतारमा गएको १ बर्ष मा जेल्नु परेका समस्या र प्रगतिको बारेमा संक्षिप्त मन्तव्य राख्नुभयो ।

बिसेष अतिथि होब खड्काले कतारका अभियंताहरुको जोशको प्रशंसा गर्दै संगठनको काम र उत्साहबाट खुसी भएको जनाउँदै समसामयिक बिषयसहित शुभकामना व्यक्त गर्नुभयो । र, नयाँशक्ति पार्टी नेपाल अन्तरिम केन्द्रिय परिषद् सदस्य तथा कतारका संयोजक खरालले संगठन र पार्टीको समसामयिक अबस्थाको बारेमा प्रकाश पार्दै कतारमा रहेका सबै नेपाली मिलेर एकजुट भई समृद्ध नेपाल बनाउने नयाँ शक्ति पार्टीको योजनामा लामबद्ध भएर सहयोग गर्न सम्पुर्ण कतारबासी नेपालीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रम संगठनका प्रवक्ता ध्रुब क्षेत्रीले संचालन गर्नु भएको थियो, साथै अन्तर्राष्ट्रिय नेपाली समाज कतारले सम्पूर्ण कतारबासी नेपालीहरुलाई हालसम्म संगठनलाई संयोग र सदभाब राख्नु भएको प्रति धन्यबाद ज्ञापन समेत गरेको छ ।