वाशिंगटन डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित पशुपति बुद्ध मन्दिरलाई उद्योगपति बिनोद चौधरीले बुद्धको प्रतिमा दिने भएका छन् ।
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का सभापति खिलेन्द्र न्यौपानेले एक सार्बजनिक सूचना दिदै उक्त जानकारी दिएका छन् । नयाँ वर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको मूर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई दिने निर्णय गरेको बताईएको छ । उक्त बुद्धको मुर्ति ३ महिनाभित्र बनि सक्ने छ । बुद्ध जयन्तिको अवसरमा पशुपति बुद्ध मन्दिरले बौद्ध भेलाको आयोजना गर्नेछ ।
भेलाको लागि नेपालबाट वरिष्ठ रिम्पोचे (बौद्ध गुरु) मगाउने समेत एनईसीसीको बैठकले निर्णय गरेको सभापति न्यौपानेले बताए ।
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण गरिने र उक्त मुर्ति उद्यान बीचमा राखिने योजना समेत रहेको छ ।
















प्रतिक्रिया