१३ कार्तिक २०८३, शुक्रबार

क्रिकेटको बेहालबारे पारसले मुख खोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ पुस । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो । पहिलो पटक सहभागी नेपाल आर्मीलाई फाइनलमा पन्छाउँदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट मैदानबाट प्रभावित थिए । भलै ३० यार्ड बाहिर बलौटे माटोमा क्रिकेटका इभेन्ट सम्पन्न भएका थिए ।

पारसले बैजनाथपुर क्रिकेट मैदान र नेपाली क्रिकेटको वर्तमान अवस्थालाई यसरी चित्रण गरे ।

समग्रमा हेर्दा मैदान राम्रो बनाउन सकिन्छ । पूर्वाधार छ, त्यसलाई विकसित गर्नुपर्छ । यो मैदानलाई यतिकै छाड्नु भएन् । लगानी गर्ने हो भने यो अझ राम्रो हुन्छ । एक महिनामै यति भएको छ भने यसलाई अझ राम्रो हामी किन बनाउन सक्दैनौं । नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैन । एक दमै इमान्दार भएर भन्नु पर्दा केन्यासँग खेल हुदैंछ भन्ने थाहा छ, अरु केही थाहा छैन । राष्ट्रिय टिमले मात्र खेलेर क्रिकेट कहा पुग्छ भनेर कहिल्यै तौलनु भएन ।

आशा गरौं नेपाली क्रिकेटको विवाद चाँडो भन्दा चाँडो सुल्झियोस । आइसीसीको प्रतिनिधिहरु आएर सबै सरोकारा बालाहरुसँग आएर बैठक गरिरहेका छन् । हामी भने आफ्नै बाद विवादमा अल्झिरहेका छौं अहिले पनि । सबैभन्दा दुख लाग्दो के हो भने हामी क्रिकेट विकासका लागि कहिल्यै पनि बाद विवाद र झगडा गरेनौं ।