दाङ, १७ पुस । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गर्न सरकारलाई सुझाव दिएका छन् ।
१) संशोधनमा पहिला राष्ट्रिय सहमति गर्नुस् ।
२) संशोधनभन्दा संविधान कार्यान्वयनमा ध्यान दिनुस् ।
संविधान संशोधन प्रस्ताव सोमबार (भोलि) संसदमा टेबल गर्ने सरकारको तयारी र त्यसलाई जसरीपनि रोक्ने प्रतिपक्षी एमालेको तयारीका बीच दाङका आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी संसदीय दलका उपनेता समेत रहेका रायमाझीले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
शनिबार राजधानीमा आयोजिक एक कार्यक्रममार्फत संशोधन अगाडि बढाइए विपक्षमा उत्रिने घोषणा गरिसकेका रायमाझीले ‘संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएकाले’ सरकार त्यसतर्फ लाग्नुपर्ने सुझाव दिए ।
संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थति सिर्जना भएको उनको भनाई छ ।
विवादमै नभएको र कसैलेको चित्त बुझाउन पाँच नम्बर प्रदेश टुक्राउने निर्णय गलत रहेको भन्दै उनले भने- ‘तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुँदैन् ।’















प्रतिक्रिया