३१ आश्विन २०८३, शनिबार

बानेश्वरका डीएसपीलाई कारबाही गर्न निर्देशन, बुटवल र कोहलपुरका डीएसपीलाई उन्मुक्ति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ पुस । गृहमन्त्री विमलेन्द्र निधिले महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिमौरियालाई हेडक्वार्टरमा तान्न निर्देशन दिएका छन् ।

गत शुक्रबार युवा संघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गर्दा पनि मुकदर्शक बनेको भन्दै उपप्रधान तथा गृहमन्त्री निधिलेले डिएसपी चिमौरियालाई कारबाही गर्न निर्देशन दिएका हुन् । उनले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई फोन गरी चिमौरियालाई हेर्डक्वार्टर फिर्ता बोलाउन दबाब दिएको प्रहरीको उच्च स्रोतले जानकारी दियो । युवा संघको एउटा आक्रोशित समूहले गत शुक्रबार बानेश्वरको आन्दोलनका क्रममा सरकारी गाडीमा आगजनी गरेको थियो ।

यता, वुटवलमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा रेग्मीको हत्या र बाँकेको कोहलपुरमा युवा संघका नेता प्रकाश बुढाथोकीमाथि हत्या प्रयास हुँदा पनि गृह प्रशासनले केही कदम चालेको छैन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द मरासिनीले तिवारी हत्याकाण्डपछि खोलेको भूमिकालाई लिएर प्रहरी नेतृत्व भने असन्तुष्ट छ । यद्यपि उनीमाथि कुनै कदम भने चालिएको छैन् ।

‘तर, बानेश्वरमा गाडी जल्दा निकै असन्तुष्ट बनेका गृहमन्त्रीले वुटवलमा मान्छे मारिँदा र कोहलपुरमा हत्या प्रयास गरिँदा किन चुप बस्नु त्यति स्वभनीय भएन ‘- प्रहरीका एक अधिकारीले प्रश्न गरे ।