३१ आश्विन २०८३, शनिबार

फाल्गुनन्द गोल्डकप सुरु, फिदिममा रगंशाला बनाउने मन्त्री जबेगुको घोषणा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १६ पुस । पाँचथरमा आठौ महागुरु फाल्गुनन्द गोल्डकप शुक्रबार देखि सुरु भएको छ । गोल्डकप प्रतियोगितालाई स्थानीय बिकास राज्य मन्त्री श्रीप्रसाद जबेगूले उदघाटन गरेका हुन ।

मन्त्री जबेगूले पाँचथरमा महागूरु फाल्गूनन्दको तपो भूमीमा हामी रहेकाले खेलखेल्नलाई फिदिममा रंगसाला बनाउन र राष्ट्रिय खेलाडी जन्माउने आतूर रहेको ब्यक्त गरे ।

हामी सबै राजनैतिक पाटीका जिम्मेबार नेतृत्वहरुले साझारुपमा काम गर्नू पर्ने समेत जनाएका छन ।

त्यस्तै एमाले पूर्व सांसद तथा एमाले जलस्रोत तथा उर्जाबिभाग सचिव बसन्त कूमार नेम्वाङले आफू रहून्जेल खेकूदलाई अगाडी बढाउने र स्पोटिङक्लबलाई सहयोग गर्ने ब्यक्त गरे ।

स्पोटिङक्लबलाई नेम्वाङका आफनै भाई सूजन नेम्वाङले चारआना जगा प्रदान गरेका छन । खेलप्रेमी नेम्वाङले जग्गा प्रदान गरेकोमा राज्य मन्त्री जबेगू द्वारा सम्मान पत्र वसन्तले ग्रहरण गरे ।

प्रभावशालि एमालेका नेता वसन्तकूमार नेम्वाङले यस अघि एमाले जिल्लापाटी कार्यालयका लागी आठाना जग्गानिशूलक प्दान गरी सकेका छन ।

क्लबका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षता भएको उदघाटन खेललाई शूभकामना दिनेहरुमा स्थानिय बिकास अधिकारी कोमल प्रसादधमला, राप्रपा नेता मान बहादूर जबेगू , प्रजिअ किरण थापा, क्लबका उपाध्यक्ष दिपेन्द्र थापा लगायतले बोलेका थिए ।

सूबिधायूक्त खेल मैदान नहूदा दर्शकहरुलाई स्पोटिङ क्लबले अस्थायी बाँसको प्याराफिटको ब्यवस्था गरेको छ । शूक्रबार भएको पहिलो खेलमा हाफटाइम पछि हिम कस्तूरी क्लब सिराह ११ एक सून्य गोल अन्तरले पराजीत गर्दै आयोजक टिम बिजयी बनेको हो ।

सनिबार हूने खेलमा साईनोस्पोर्टिङ क्लब मोरङ ११ र कर्णसिंहसोनाम स्मृति क्लब ताप्लेजूङ बिच प्रतिस्पर्दा हूने भएको छ । प्रथम हूनेले २ लाख ५० हजार र उप बिजेताले १ लाख ५० हजारर ट्रफि हात पार्ने छन ।

प्रतियोगितामा फ्यान्स क्लब भुटान, विर्ता युनाइटेड क्लबझापा–११, शेर क्लबकालिङ्पोङ भारत, साइनो स्पोर्टिङ क्लबमोरङ–११, कर्णसिंह सोनाम स्मृतिक्लबताप्लेजुङ, एलेभेन एरोज सुनसरी, चर्च ब्वाइजक्लब काठमाण्डौँ र हिमालयन शेर्पा क्लब काठमाण्डौँले प्रतिस्पर्धा गर्दैछन् ।

फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितालाई थप व्यवस्थित बनाउन झण्डै ५ हजार दर्शक अट्ने बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको फिदिम स्पोर्टिङ क्लबका महासचिव पासांग तामाङले बताए ।