१३ कार्तिक २०८३, शुक्रबार

चीनले नेपाललाई भन्यो- ‘सीमामा चीन विरोधी गतिविधि नहोस् ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १६ पुस । रसुवागढी नाकामा हुनसक्ने चीन विरोधी गतिविधिमा ध्यान दिन चीनले आग्रह गरेको छ । बुधबार चीनको केरूङमा सम्पन्न दुई देश विचको सीमा सुरक्षा बैठकमा चीन विरोधी गतिविधिमा ध्यान दिने, नाकाबाट हुन सक्ने अवैध ओसारपसार रोक्ने र गैरकानुनी क्रियाकलाप रोक्ने लगायतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताउनुभयो ।

साथै बैठकमा व्यापार सहजीकरणका लागि रसुवा भन्दा बाहिरका चालक तथा व्यापारीलाई एक दिने चाइना पास दिनका लागि चिनियाँ पक्ष सकरात्मक देखिएको न्यौपानेले वताउनुभयो । चीनको केरुङतर्फ भुकम्पले भत्काएको संरचना निमार्ण गर्नका लागि अझै चार महिना भन्दा बढि समय लाग्ने भएकाले सुरक्षाको कारण दैनिक डेढ घण्टा मात्र मालवाहक कन्टेनर सञ्चालन गर्न दिइएको तिव्वतका मेजर जनरल गाओ वानहाइले वताउनुभयो ।

रसुवागढी नाकालाई उच्च प्राथामिकतामा राखेर तेस्रो मुलुकको नागारिक समेत सहज तरिकाले आवतजावत गर्ने बनाउनका लागि पुर्वाधार विकासलाई चीनले तिव्रता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा खबर छ ।