काठमाडौं, १५ पुस । सन् २०५० सम्ममा विश्वकप विजेता बन्ने लक्ष्य लिएको चीनले देशैभरी फुटबल विकास कार्यक्रममा ठूलो बजेट परिचालन गरेको छ ।
यतिमात्रै होइन् चीनले युरोपका स्टार खेलाडी आफ्नो देशमा भित्र्याउन क्लबहरु परिचालन गरेको छ । क्लबहरुले महंगो मुल्यमा स्टार खेलाडीसँग अफर गरिरहेका छन् ।
यसैक्रममा एक चिनियाँ क्लबले पोर्चुगिज खेलाडीलाई किन्न रियल मड्रिडलाई ३ सय मिलियन युरोको अफर गरेको खबर बाहिर आएको छ ।
क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले चिनियाँ क्लबबाट ३ सय मिलियन युरोको अफर आएको बताउँदै तर, स्टार खेलाडीले भने उक्त प्रस्ताव अस्वीकार गरेको बताए ।
मेन्डेजका अनुसार चिनियाँ क्लबले रियललाई ठूलो रकमको अफरको साथै रोनाल्डोलाई प्रतिवर्ष १ सय मिलियन युरोभन्दा बढीको तलबको पनि अफर गरेको थियो । तर, रोनाल्डोले आफू पैसाबाट प्रेरित नभएको बताउँदै उक्त अफर अस्वीकार गरेका छन् ।
‘रियल म्याड्रिडलाई ३ सय मिलियन युरो र रोनाल्डोलाई प्रतिवर्ष १ सय मिलियन युरोको अफर चिनियाँ क्लबबाट आएको थियो,’ स्काई स्पोर्ट इटालियासँग कुरा गर्दै मेन्डेजले भने, ‘तर, पैसा सबै कुरा होइन, रोनाल्डोका लागि रियल आफ्नो जीवनको अंग बनेको छ ।’
















प्रतिक्रिया