१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीले अब उपत्यका नछाड्ने किन भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन् ।

निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘प्रधानमन्त्रीले अब संसद्को गतिरोध नफुकेसम्म भ्यालीबाहिर नजाने बताउनुभएको छ’, घर्तीले भनिन्, ‘मलाई विश्वास छ, अब दलहरूले योबीचमा घनीभूत छलफल गरेर सहमति निकाल्नुहुनेछ ।’

सभामुख ओनसरी घर्तीले कार्याव्यवस्था परामर्श समिति बैठकमा संसद् अवरोध खुलाउन सदनमै घनीभूत छलफल गराउने विषयमा साझा धारणा बनेको बताइन् । उनले भनिन्, ‘अब पनि दलहरू सहमति जुटाउन गम्भीर भएनन् भने अवरुद्ध संसद् खुलाउन सदनमै घनीभूत छलफल गराउने विषयमा कार्यव्यवस्था परामर्श समिति बैठकमा साझा धारणा बनेको छ ।’