१३ कार्तिक २०८३, शुक्रबार

युरोपमा पनि वाइवाइ चाउचाउको उत्पादन र बिक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ ।

युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने कम्पनीले जनाएको छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

सर्बियाबाट निकट भविष्यमै वाइवाइको व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । त्यहाँबाट उत्पादित चाउचाउ युरोपेली बजारमा वितरण गरिने छ । सर्बियामा स्थापित उद्योगले पहिलो चरणमा करिब चार सयलाई रोजगारी दिनेछ ।