काठमाडौं, १४ पुस । इतिहासमै पहिलोपटक नेपाल चीनबीच संयुक्त सैन्य अभ्यास हुने पक्का भएको छ ।
नेपाली सेनासँग केही समयअघि प्रस्ताव गरेको उत्तरी छिमेकी चीनले बिहिबार सन् २०१७ मा नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको हो ।
चिनियाँ पत्रिका पिपुल डेली चाइनाका अनुसार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले सन् २०१७ मा चीन र नेपालबीच पहिलोपटक संयुक्त सन्य अभ्यास हुने बताए ।
नेपालले हालसम्म भारत र अमेरिका र कोरिया लगायत देशसँग संयुक्त सैन्य अभ्यास गरिसकेको छ । तर, १९५५ मा दौत्य सम्बन्ध कायम भएयता चीनसँग पहिलो पटक अभ्यास हुन लागेको हो ।
नेपाली सेनाका प्रवक्ता ताराबहारदुर कार्कीले पनि चीनसँग संयुक्त सैन्य अभ्यासका विषयमा वार्ता भइसकेको जानकारी दिए ।
जंगी अड्डा स्रोतका अनुसार सैन्य अभ्यास सन् २०१७ को फ्रेबअरीमा हुनेछ ।
#China and #Nepal will hold their first joint military training in 2017, Chinese MOD spokesperson said on Thu pic.twitter.com/0JFtJznxgR
— People's Daily, China (@PDChina) December 29, 2016

















प्रतिक्रिया