काठमाडौं, १४ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फि विन्ते शाम्सले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
मन्त्री शाहीको कार्यकक्षमा भएको भेटवार्तामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । सुन्दर हिमाली जिल्ला नेपाल पर्यटन उद्योगको हिसाबले महत्त्वपूर्ण क्षेत्र रहेको भन्दै राजदूत शाम्सले नेपालको पर्यटन विकासको लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएकी छन् ।
मन्त्री शाहीले नेपालको पर्यटन विकासमा बंगलादेशको सकारात्मक सहयोग रहने अपेक्षा गरेको उनका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिएँ ।













प्रतिक्रिया