१९ कार्तिक २०८३, बिहिबार

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, चार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– दिनेश ठकुर

बर्दिया, १३ पुस । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

बुधबार बिहानै ६/७ बजेको समयमा जिल्ला बर्दियाको पश्चिमोत्तर क्षेत्रको मनाउ गा.वि.स. वडा नं. ५ पर्सेनी बजारमा जंगली हात्ती ३ वटा आई स्थानीयलाई आक्रमण गर्दा १ जना मृत्यु र ४ जना घाईते भएका हुन् ।

गम्भीर घाईते भएका २ जनालाई एम्बुलेन्सद्धारा बाँके जिल्लाको मेडिकल कलेज कोहलपुरमा लगिएको कुरा जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । हात्तीको आतंकबाट जिल्ला बर्दिया मनाउ वडा नं. ६ घर भई पर्सेनी बजारमा पसल गरी बस्ने वर्ष ३१ की बिमला परियारको मृत्यु भएको भने सोही गा.वि.स. वडा नं. ८ नौरंगागाउँ बस्ने वर्ष ५६ को राम प्रसाद लामिछाने र वडा नं. २ लाहोरपुर गाउँ बस्ने वर्ष १४ को दिनेश सिंह ठकुरी घाईते भएका छन् ।

लामीछाने बिहानै दुध बेच्न पर्सेनी बजारतिर आईरहेको अवस्था र ठकुरी घरबाट ट्युसन पढ्न आएको अवस्थामा हात्तीले आक्रमण गरेको हो ।

त्यसैगरी २ जना सामान्य घाइते हुनेमा खगेन्द्र र गौतम र उनका ५ वर्षका छोरा सिद्धार्थ गौतम रहेका छन् । उनीहरुको स्थानीय स्तरमै उपचार भएको छ । उनीहरुलाई ३ पटक सम्म हात्तीले आक्रमण गर्दा पनि बच्न सफल भएका छन् ।

त्यसैगरी हात्तीको आतंकबाट ३ वटा घर पुरै ध्वस्त भएका छन् भने १२ घरमा सामान्य क्षति पुगेको छ । साथै १ वटा भैँसी, १ वटा गाई र १ वटा राँगा मरेका छन् भने भैँसी १ वटा र गोरु ६ वटा घाइते भएका छन् घाइते पशुहरुको अवस्था पनि चिन्ताजनक रहेको कुरा स्थानीय बासीको छ ।

मृतकका परिवारलाई दाह संस्कारका लागि ३० हजार मध्यवर्ती क्षेत्र विकास कोषबाट उपलब्ध गराइएको र घाइतेहरुको उपचारको व्यवस्था भैरहेको कुरा बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु संरक्षक रमेश थापाले बताउनु भयो । मृतकका परिवारलाई ५ लाख रुपैयाँ नेपाल सरकारबाट उपलब्ध गराइने तथा क्षतिको मूल्यांकनका आधारमा पशुधन तथा घरको पनि राहत उपलब्ध गराइने कुरा उहाँले बताउनु भयो ।

गेरुवा नदीको किनारमै रहेको उक्त ठाउँमा हात्तीहरुको आतंकपछि स्थानीय बासीहरु आतंकीत भएका छन् । साथै सो स्थानतर्फ आवश्यक सुरक्षार्थ नेपाल प्रहरी र नेपाली सेनाको सयुक्त टोली खटिएको कुरा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी गराउनु भयो ।