भैरहवा, १३ पुस । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीको मंगलबार सम्पन्न अधिवेसनबाट एमाले निकटका उम्मेदवारहरु विजयी भएका छन् ।
लेखनाथ पौडेलको नेतृत्वमा चुनावी प्रतिसपर्धामा होमिएको एमाले निकटका उम्मेदवारले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बाहेक सबै पद र सदस्यमा अधिकांश पद चुनावी प्रतिसपर्धाबाट जित्न सफल भएका हुन् । मंगलबार राती सम्पन्न निर्वाचन परिणाम अनुसार पौडेल प्यानलका लालहरी पाण्डेले झिनो मतले वरिष्ठ उपाध्यक्षमा अनन्तराम शर्मासंग पराजित भएका थिए ।
अध्यक्षमा हेमलाल भुसालको प्यानलबाट शर्मा विजयी भएका हुन् भने बाकी पदाधिकारीहरुमा पौडेल प्यानलका विजयी भएका हुन् । निर्वाचन समितीका अनुसार अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा शर्मा, महिला उपाध्यक्षमा शारदा ज्ञवाली, उपाध्यक्षमा महेश भुर्तेल, सचिवमा लक्ष्मण ज्ञवाली, सह–सचिवमा कपिलमणी ढकाल र राजु लोध तथा कोषाध्यक्षमा विनोदप्रसाद ज्ञवाली र सह–कोषाध्यक्षमा कुलानन्द पाण्डे निर्वा्चित भएका छन ।
कार्यसमिति सदस्यमा भने मिश्रित उम्मेदवार निर्वा्चित भएका छन् । सदस्यहरुमा मोहन सुनार,सविताकुमारी थापा, गंगाराम तेली, मायाँदेवी थापा, अमर थापा, मुकुन्दराज उप्रेती, राजेन्द्र कुवँर, ऋषिराम बस्याल, केएन सागर ज्ञवाली, नन्दलाल चौहान, भरत गिरी, भवानीप्रसाद भुसाल, रामप्रसाद चौधरी, रामधनी मौर्य, श्रीराम यादव र शंकरप्रसाद भट्टराई निर्वाचित भएका छनु ।
ण्यसैगरि लेखा समितिको संयोजकमा भोजराज पौडेल विजयी भएका छन भने सदस्यहरुमा नन्दु लम्साल र श्यामसुन्दर पाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।












प्रतिक्रिया