काठमाडौं, १३ पुस । नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वार्टरको अभ्यास ‘गढी रक्षा’ को निरीक्षण गर्न प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार सुर्खेत पुगेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापतिले मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गत सुर्खेत जिल्लाको बाङ्गेसिमलमा मंसिर ८ गतेदेखि सुरु भई पुस १८ गतेसम्म सञ्चालन हुने बाहिनी स्तरको फिल्ड ट्रेनिङ एक्ससाइज तथा प्रदर्शनी समाबेश गरिएको अभ्यास ‘गढी रक्षा’ को निरीक्षण तथा अवलोकन गरेका हुन् ।

निरीक्षणको क्रममा प्रधानसेनापति क्षत्रीलाई अभ्यास सम्बन्धी पूर्व तयारी, योजना लगायत अपरेशनल तथा बन्दोबस्तीका बिविध पक्षबारे प्रस्तुतीकरण गरिएको थियो । त्यसैगरि, उनले ईन्फेन्ट्री, कम्व्याट सर्पोट र कम्व्याट सर्भिस सपोर्ट फौज सम्मिलित एकिकृत सैनिक अभ्यास तथा फायरिङको समेत अवलोकन गरेका थिए ।
सोही अवसरमा उनले अभ्यासमा सहभागी सकलदर्जालाई सम्बोधन गर्दै सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिए । र, आगामी दिनहरुमा समेत उच्च मनोवल र हौसलाका साथ काम गर्न निर्देशन दिए ।
अभ्यास निरीक्षण पश्चात प्रधान सेनापति क्षत्री आज सुर्खेतस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.मा मुकाम रहनु हुने कार्यक्रम छ ।
क्षत्री भोलि हुम्ला जिल्लास्थित श्री नयाँ भैरवीदल गुल्म र मुगु जिल्लास्थित श्री दुर्गा भञ्जन गुल्मको निरीक्षण गरेर काठमाडौं फर्किने जंगी अड्डाले जनाएको छ ।













प्रतिक्रिया