– अमरराज पुन
रुकुम, १३ पुस । नेपाल प्रेस युनियन रुकुमको आयोजना र जिल्ला अस्पताल सल्ले रुकुमको प्राविधिक सहयोगमा रुकुम जिल्ला स्थित सबै पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण गरिने भएको छ ।
प्रेस युनियन नेपालको केन्द्रिय कार्यक्रम अनुसार प्रेस युनियन रुकुमको आयोजनामा आउँदो पुस १५ गते शुक्रबारका दिन जिल्ला अस्पताल सल्ले रुकुममा पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण गरिने भएको छ ।
उक्त मृगौला परीक्षण कार्यक्रममा रुकुमका सबै पत्रकारहरुलाई सहभागी मृगौला परीक्षण गराउन हुन अनुरोध समेत गरिएको प्रेस युनियन रुकुमका उपाध्यक्ष आदर्श केसीले जानकारी दिनुभयो ।
विहान ११ बजेबाट पत्रकारहरुको मृगौला परिक्षण सुरु हुने जानकारी दिईएको छ । स्वास्थ्य क्षेत्रलाई सर्व सामान्यको पुहँचमा पुर्याउने पहलमा तीव्र रुपमा लागेका स्वास्थ्य मन्त्री गगन थापाले सबै नेपालीलाई नियमित रुपमा अनिवार्य मृगौला परीक्षण गर्न आह्वान गरेपछि जिल्ला अस्पताल रुकुमको सहकार्यमा रुकुममा पनि पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण गर्ने ब्यवस्था मिलेको उपाध्यक्ष केसीले बताउनुभयो ।
प्रत्येक नागरिकको मृगौला निःशुल्क परीक्षण गर्नको लागी स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लामा मृगौला परिक्षणको लागी आवश्यक डिपिस्टिक किट पठाई सकेको समेत बताएको छ ।












प्रतिक्रिया