१९ कार्तिक २०८३, बिहिबार

बाक्लो हुस्सुका कारण हवाई उडान अवरुद्ध

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोहलपुर, (बाँके), १३ पुस । बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट आज हुने बिहानी सेवाका सबै उडान अवरुद्ध भएका छन् ।

नेपालगन्ज बिमानस्थलबाट मध्य तथा सुदूरका हिमाली तथा पहाडी जिल्लाका उडान र नेपालगन्जबाट काठमाडौँको उडान पनि अबरुद्ध भएको नेपाल नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ ।

आज बिहान एक्कासी लागेको बाक्लो हुस्सुका कारण हवाई उडान अबरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आसमा विमानस्थलमै बसीरहेका छन् । हवाई उडान अबरुद्ध हुँदा उपचारका लागि काठमाडौँ जाने यात्रु अझ बढी समस्यामा परेका हुन् । रासस