१९ कार्तिक २०८३, बिहिबार

विद्यालयका लागि भारतीय राजदूतावासद्वारा एक करोड प्रदान

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सलाही, १३ पुस । काठमाडौंस्थिति भारतीय राजदूतावासले सर्लाहीको श्री बालगोविन्द जनता उच्च माध्यामिक विद्यालयको भवन निर्माणका लागि एक करोड अनुदान दिएको छ ।

पिपरीया गाविस वडा नं ७ मा रहेको श्री बालगोबिन्द जनता उच्च माध्यामिक बिधालयको भवन निर्माणका लागि १ करोड अनुदान दिएको हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले जानकारी दिए । ‘विद्यालय भवन अपुग थियो’, ठाकुरले भने, ‘भारतीय राजदूतावासले रकम दिएको छ । अब भवन बनाउँछौँ ।’

प्राबिबाट सरुवात भएको यो विद्यालयमा हाल १२ कक्षासम्म अध्यापन हुँदै आएको छ ।

विद्यालय ब्यबस्थापन समितिले विद्यालयका लागि काम गर्दै आए पनि भारतीय राजदूतावासको सहयोगले विद्यालयको स्तरोन्नतीका लागि सहयोग मिल्ने ठाकुरको अपेक्षा छ । भारतले राजदूतावासले विभिन्न जिल्लाका स्कुलहरूलाई आर्थिक सहयोग गर्दै आएको छ ।