३१ आश्विन २०८३, शनिबार

यी हुन् खेलकुदको गाडी लिएर माओवादी कार्यक्रममा जाने अध्यक्ष

12.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेलधुरा, १४ पुस । पूर्वाञ्चलमा जारी सातौँ राष्टिय खेलकुद प्रतियोगिताका लागि भनेर दिईएको गाडी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष दीपक साउँदले दुरुपयोग गरेका छन् ।

खेलकुद आयोजनाको वारेमा अनुगमन निरीक्षण गर्नका लागि राष्टिय खेलकुद परिषदले खर्च व्यहोर्ने गरी दिएको गाडी लगेर क्षेत्रीय अध्यक्ष साउँद गृह जिल्ला अछामतिर पार्टीको कामका लागि गएका हुन् ।

नेकपा माओवादी केन्द्रका अछाम जिल्ला अध्यक्ष समेत रहेका साउँदले क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीहरुलाई अति आवश्यक काम परेको भन्दै खेलकुदको महाकुम्भ छोडेर पार्टीको काममा लागेका हुन । सातौ राष्टिय खेलकुदको उद्घाटन समारोहमा अन्तिम समयमा सहभागी भएर एक दुई दिन विराटनगरमा वसेर भ्रमण भत्ता लिएर क्षेत्रीय अध्यक्ष सुदूरपश्चिम लागेको स्रोतको भनाइ छ ।

साउँदले चढिरहेको गाडीको खर्च अनुगमनका लागि भन्दै राष्टिय खेलकुद परिषदले भुक्तानी दिने बताईएको छ । राखेपले अनुगमनका लागि क्षेत्रीय टीमलाई एक लाख रकम दिने वताईएको छ ।

देशको गौरव रहेको खेलकुद भन्दा पनि पार्टीको कामका लागि सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै क्षेत्रीय अध्यक्ष साउँदको चर्को आलोचना भएको छ । यता अनुगमनका लागि एक दर्जन वढी पार्टीका कार्यकर्ता ल्याएको भनेर नै क्षेत्रीय अध्यक्ष साउँदको व्यापक आलोचना भईरहेका वेला उनको चर्तिकला देखेर राष्टिय खेलकुद परिषदका कर्मचारी र पदाधिकारीहरु मात्रै होईन सुपवाट सहभागी भएका खेलाडी प्रशिक्षक र व्यवस्थापक छक्क परेका छन ।

अनुगमनका लागि ल्याएको टोलीमा चार जना महिलाहरु ल्याएको र आफुसँगै राखेको आरोप पनि क्षेत्रीय अध्यक्ष साउँदलाई लागेको छ । काम नभएका कारण आफु निकट महिला ल्याएपछि उनलाई धेरैले नियत गलत भएको वताएका छन । खेलाडी छनोटमा पनि राजनिति भएका कारण राम्रो नतिजा ल्याउन नसकेको अवस्थामा आफ्नो क्षेत्रका खेलाडीहरुको अवस्था समेत नवुझेको भन्दै खेलाडीहरु पनि उनीसँग रुष्ट भएका छन । सुप क्षेत्रका खेलाडीहरु घाईते भएको, राम्रो खाने वस्ने व्यवस्था नभएको र खेलाडीहरुको वारेमा केही पनि नवुझेर पार्टीको काममा जानु गलत भएको प्रशिक्षकको भनाई रहेको छ । पार्टी भित्रवाट नै अविश्वासको प्रस्ताव आएकोले सोही घटनालाई मिलाउनका लागि साउँद तुरुन्त अछाम पुगेका हुन । पार्टीका कार्यकर्ताहरुलाई लगेर गए पनि आफुसँग ल्याएका केहीलाई यतै नै छोडेपछि उनीहरुको समेत विचल्ली भएको छ । माओवादी केन्द्रवाट नै खेलकुद मन्त्री भएका कारण साउँदको हाली मुहाली चलेको स्रोतले जनाएको छ । क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले आफूहरूलाई त्यस वारेमा कुनै जानकारी नभएको वताए ।