बागलुङ, १३ पुस । नेकपा एमाले बागलुङको अध्यक्षमा प्रदेश कमिटीका सदस्य इन्द्रलाल सापकोटा विजयी भएका छन् । शनिबारदेखि शुरु भएको आठौ जिल्ला अधिवेशनबाट सापकोटा विजयी भएका हुन् ।
सापकोटाले पार्टीका उपाध्यक्ष तथा सांसद नरबहादुर थापालाई २ सय ३५ मतअन्तरले पछिपार्दै विजयी भएका हुन् । जिल्लाभरिका ६ सय ६ जना प्रतिनिधिहरु सहभागी रहेको अधिवेशनमा ५ सय ७९ मत खसेको थियो ।
सापकोटाले ३ सय ८८ मत र थापाले १ सय ५३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ममतादेवी शर्माले जानकारी दिइन् ।
उपाध्यक्षमा कृष्ण पाठक विजयी भएका छन् । उनले ३१८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी टंक प्रसाद पौडेलले २३२ मत प्राप्त गरे ।
सचिवमा लालबहादुर थापा विजयी भएका छन् । थापाले ३८६ मत र उनका प्रतिद्वन्द्वी ध्रुव बहादुर केसीले १४५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सहसचिवमा विष्णु भुषाल विजयी भएका छन् । भुषालले ३१०, राम बहादुर जिसीले १७३ र नेत्र विष्टले ४९ मत प्राप्त गरे ।
९ सदस्यमा केवि राना मगर २७६, धन बहादुर परियारले २६३, गणेश बहादुर थापा २४२, डिल्लीराज गौतम २३४, गोविन्दराज गौतम १९९, ऋतुवर्ण पौडेल १८३, भुपाल चालिसे १८०, पुन प्रसाद शर्मा १७१ र लक्ष्मण पुनले १७१ मत प्राप्त गरी विजयी भएका छन् ।
भूगोल तर्फ इलाका नं. १ मा २५६ मत प्राप्त गर्दै भरत पुरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनन्त खड्काले २२९ मत प्राप्त गरे । इलाका नम्बर २ मा दीपक गौतम २६६ मत प्राप्त गर्दैै विजयी भएका छन । सुरेश मल्लले १९३ मत प्राप्त गरेका छन् । इलाका नं. ३ मा प्रेम लामिछाने विजयी भएका छन् ।
नारायण कंडेलले २०१ र विश्व गौतमले ५५ मत प्राप्त गरेका छन् । इलाका नं. ११ मा तीर्थमणि भुषाले २४४ मत प्राप्त गर्दै विजयी भएका छन् । दीपक रायमाझीले २०५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिइन् ।
७ जना खुल्ला महिलाका लागि भएको निर्वाचनमा कल्पना शर्मा २२५, कोपिला खरेल सापकोटा २२६, गंगाकुमारी शर्मा २४१, यमुना राना मगर ३०१ सावित्रा राना ३२९, शान्ति अधिकारी २८१ र हुमाकुमारी जिसी अञ्जुले २७० मत प्राप्त गरी विजयी भएका छन् ।
जनजाति महिलातर्फ कर्मती पुन ३०५, कोपिला पुन २२५, ख्याम कुमारी राना २२५ र मञ्जु श्रीसले २६४ मत प्राप्त गरी विजयी भएका छन् ।
६ जना पदका लागि जनजाति खुल्ला सदस्यको निर्वाचनमा अमर बहादुर थापा २९६, केशर छन्त्याल २३२, डम्मर बहादुर श्रीष २८३, मेहर सिंह पाइजा २८१, सम्पन्न श्रेष्ठ २९३ र श्याम कुमार पुनले २०६ मत प्राप्त गरी विजयी भएका छन् ।
अल्पसंख्यक सदस्य खुल्ला १ पदका लागि भएको निर्वाचनमा मोहमद हुसेनले २३१ मत प्राप्त गरी विजयी भएका छन् । उक्त पदमा उम्मेदवारी दिएका रोज महम्मद मियाँ १४६ र सलिनदिन मियाँले ११३ मत प्राप्त गरेका थिए ।
जिल्ला निर्वाचन कमिटीमा विष्णु प्रसाद शर्मा २३७ मत प्राप्त गरी विजयी भएका छन् । कृष्णराज शर्मले २३६ मत प्राप्त गरेका छन् ।
जिल्ला लेखा कमिटीको सचिवमा पूर्ण बहादुर परियार विजयी भएका छन् । उनले २६७ मत प्राप्त गरेका छन् । सदस्यहरुमा गंगा गुरुङले ३१०, खिम बहादुर कार्कीले ३०५, सोविता पुरीले २९२ र खगेन्द्र प्रसाद शर्माले २६१ मत प्राप्त गरी विजयी भएका छन् ।
इलाका नम्बर ४ बाट सञ्जयकुमार श्रेष्ठ, ५ बाट राजु केसी, ६ बाट बद्री ढुंगाना, ७ बाट होमनाथ सापकोटा, ८ बाट गुञ्जबहादुर थापा, ९ बाट यामबहादुर थापा श्रीस, १० बाट लालविर लोप्चन, १२ बाट उदितबहादुर छन्त्याल, १३ मा रुद्रप्रसाद पौडेल, भुगोल सदस्य ढोरपाटन बिशेष हरिबहादुर घर्ती, बरेङ बिशेष धनेश्वर पौडेल सर्वसम्मत चयन भएका थिए ।
दलित महिलातर्फ नरी नेपाली र सुजाता घमाल नेपाली चयन भएकी थिइन । सदस्यतर्फ चार सदस्यमा टकबहादुर बोहरा, प्रेमबहादुर परियार, बिरबहादुर बिक र सुरेश बिक चयन भएका छन् । जिल्ला निर्वाचन चार सदस्यमा कविन्द्रप्रसाद सापकोटा, गुणनिधि घिमिरे, गोविन्दबहादुर खड्का, लक्ष्मण सुनार चयन भएका छन् ।
लेखा समितिको अध्यक्षमा बाबुराज कार्की अध्यक्ष र उपाध्यक्षमा कुमार खड्का सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिइन । मजदुर सदस्यमा टकराज सुवेदी चयन भएका छन् ।












प्रतिक्रिया