३१ आश्विन २०८३, शनिबार

कराँतेको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १२ पुस । जापान गोजुरियो कराँते मिशन डो संघको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मगर संघको भवन कोटिहवामा सम्पन्न भएको छ ।

जापान गोजुरियो कराँते मिशन डो संघका केन्द्रिय सल्लाहकार भरत बहादुर केसीको प्रमुख आतिथ्यता, संघका केन्द्रिय उपाध्यक्ष सतीश चौधरीको विशिष्ट आतिथ्यता एवं प्रमुख प्रशिक्षक काजी रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिस्टर पश्चिमाञ्चल राम क्षेत्री, मोहन चौधरी, बल बहादुर भुषाल, प्रशिक्षक सन्तु थारु, प्रशिक्षक सञ्जय चौधरी, ज्ञान प्रसाद चौधरी लागयतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा डो जोहरु पिआए कोटिहवा, मिनर्वा, ठुटीपिपल, गुरुकुल कोटिहवा, ज्ञानज्योति कोटिहवाका ४१ प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकले विभिन्न ग्रेड अनुसार बेल्ट तथा प्रमाणपत्र वितरण गरेका थिए ।

जसअन्र्तगत १० जना लाई एल्लो बेल्ट, १० जनालाई अरेन्ज बेल्ट, १६ जनालाई ग्रिन बेल्ट, ५ जनालाई ब्राउन बेल्ट प्रदान गरिएको थियो । कार्यक्रम कमुरधिन अलीको स्वागत मन्तव्य एवं उमेश थापाको संचालनमा सम्पन्न भएको थियो ।