स्वीडेन । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति स्वीडेनको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।
स्टकहोममा स्थानीय समयअनुसार सोमबार भएको भेलाले नवीन थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको उपस्थितिमा भएको सो कार्यक्रममा उल्लेख्य नेपालीहरूको सहभागिता रहेको थियो ।
भेलामा सहभागी कांग्रेसका केन्द्रीय सदस्य पौडेलले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई बधाइ तथा शुभकामना दिएका थिए । उनले जिम्मेवारी पाएका साथीहरूको कार्यकालको सफलताको कामना गर्दै जिम्मेवारी बोधका साथ कार्यसम्पादन गर्न आग्रह गरे ।















प्रतिक्रिया