३१ आश्विन २०८३, शनिबार

अष्ट्रेलियामा नेपाली वैज्ञानिक पुरस्कृत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया, ११ पुस । हाल अष्ट्रेलियामा कार्यरत एकजना नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उहाँको अनुसन्धान टोलीका अन्य सदस्यहरुलाई सिएसआइआरओ कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ ।

एक सयवर्षअघि स्थापित कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ) अष्ट्रेलियाको एक प्रमुख वैज्ञानिक अनुसन्धान संस्था हो ।

डा अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्तरुपमा उक्त पुरष्कार प्रदान गरिएको हो ।

धिकारीले चिकित्सा अप्लीकेशन्समा पोलिमर सम्बन्धी कामका लागि यसअघि सिएसआइआरओ तक्मा पनि पाउनु भएको थियो । उहाँ सिएसआइआरओका दुई वटा सहायक कम्पनीहरुमध्ये एकको आविष्कारक पनि हुनुहुन्छ ।

हाल अष्ट्रेलियामा परीक्षण भैरहेको उक्त प्रविधि नेपाल लगायतका कृषिप्रधान देशहरुमा पनि सफलतापूर्वक प्रयोग गर्न सकिने आफुले विश्वास लिएको वैज्ञानिक डा अधिकारीले बताउनुभयो ।

आउँदो सन् २०५० सम्ममा विश्व जनसंख्या बढेर साढे नौ अर्ब पुग्ने अनुमान गरिएको छ । बढ्दो जनसंख्याकालागि खाद्यान्न कसरी पुराउने भन्ने ठूलो चुनौती रहेको छ ।

थोरै पानी र रासायनिक मलको प्रयोगगरी उत्तिकै जमीनमा दीगोरुपमा खाद्यान्न उत्पादन बढाउन क्षय नहुने पोलिफेलिन भनिने रसायनमा आधारित पदार्थ विश्वभरि नै किसानहरुले प्रयोग गर्न थालेका छन् ।

यसबाट माटोमा रहेको पानीको ह्रास कम हुने र झारपातको वृद्धिमा पनि नियन्त्रण हुने वैज्ञानिकहरु बताउँछन् । फलफूल तथा नगदेबालीको उत्पादन बढाउन यो प्रविधि उपयोगी हुने उनीहरुको भनाइ छ ।

कैयौं वर्षको अनुसन्धान पछि कृषिमा प्रयोगकालागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको हो ।

जैविक प्रविधि विशेषज्ञ डा. अधिकारी गैरआवासीय नेपाली संघ एनआरएनएको सीप, ज्ञान तथा आविष्कार समितिका संयोजक पनि हुनुहुन्छ ।