काठमाडौं, ११ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको दोश्रो दिन आइतबार महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लाम्गादेले कीर्तिमान बनाएकी छन् ।
सुनसरीको इटहरी रंगशालामा चन्द्रकलाले ४३.९४ मिटर दूरी थ्रो गर्दै आफ्नै नाममा रहेको ४३.९० मिटरको कीर्तिमानमा सुधार गरेकी हुन् । चन्द्रकलाले गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भएको छनोटमा उक्त कीर्तिमान बनाएकी थिइन् । चालू प्रतियोगितामा चन्द्रकलाको यो दोश्रो कीर्तिमान हो । अघिल्लो दिन शनिबार चन्द्रकलाले ११.५६ मिटर फाल्दै सुटपुटमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी थिइन् । नेपाल आर्मी क्लबकी लक्ष्मी थाक (३९.९९ मिटर) दोश्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सीमाकुमार थारु (३९.२७ मिटर) तेश्रो भए ।
पुरुष ज्याभ्लिनमा आर्मीका रामबहादुर कुमाल पहिलो भए । उनले ५६.८८ मिटर टाढा फाले । प्रहरीका नरेन्द्रजंग शाही (५३.४० मिटर) दोश्रो र एपीएफका प्रेमप्रकाश खड्का (५१.६७ मिटर) तेश्रो भए ।
पुरुष लङजम्मा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते । उनले ६.९१ मिटर हाम्फाले । प्रहरीकाद्वय गोपाल चौधरीले रजत र चन्द्रदेव जोशीले कांस्य हात पारे । गोपालले ६.५९ मिटर र चन्द्रले ६.३८ मिटर हाम्फाले । सोही स्पर्धाको महिलामा ५.०५ मिटरसाथ प्रहरीकी केशरी चौधरीले शीर्ष स्थान कब्जा गरिन् । आर्मीकी कृष्णा चौधरी (४.९४ मिटर) दोश्रो तथा एपीएफकी शिला चौधरी (४.८४ मिटर) तेश्रो भए ।
पुरुष हर्डल्स (बाधा दौड) ११० मिटरमा आर्मीका विशेष महतो पहिलो भए । उनले निर्धारित दूरी तय गर्न १५.८५ सेकेन्ड समय खर्चे । १६.५४ सेकेन्डसाथ रामप्रसाद थारु दोश्रो तथा १७.४३ सेकेन्डसाथ प्रहरीका चन्द्रदेव जोशी तेश्रो बने । महिला १ सय मिटर बाधा दौडमा एपीएफकी सविता चौधरी पहिलो भइन् । सविताले १६.९५ सेकेन्ड समय लगाइन् । मध्यमाञ्चलकी प्रमिला थारु (१७ सेकेन्ड) दोश्रो र प्रहरीकी केशरी चौधरी (१७.१० सेकेन्ड) तेश्रो भए ।
पुरुषको ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्की पहिलो बने । उनले निर्धारित दूरी १५ मिनेट २६.१० सेकेन्डमा पूरा गरे । १२ औं सागका कांस्यधारी एवं ओलम्पियन हरिकुमार रिमालले दोश्रो स्थानमा चित्त बुझाए । आर्मीका उनले १५ मिनेट २६.६० सकेन्डमा दूरी तय गरे । सातौं राष्ट्रिय खेलकुदको म्याराथनका स्वर्ण विजेता प्रहरीका भूमिराज राई १५ मिनेट ३०.४ सेकेन्डसहित तेश्रो भए । उक्त स्पर्धाको महिलामा एपीएफकी कान्छीमाया कोजु पहिलो भइन् । कान्छीमायाले १८ मिनेट १३.४ सेकेन्ड समय लगाइन् । आर्मीकी सानुमाया कार्की (१८ मिनेट ३३.३९ सेकेन्ड) दोश्रो तथा आर्मीकै विश्वरुपा बुढा (१८ मिनेट ३७.०४ सेकेन्ड) तेश्रो बने ।
महिलाको ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, एपीएफ दोश्रो र मध्यपश्चिमाञ्चल तेश्रो भए । त्यसै स्पर्धाको पुरुषमा आर्मी, एपीएफ र मध्यमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे ।
भारोत्तोलन : देवीको राष्ट्रिय कीर्तिमान
सप्तरीको राजविराजमा आइतबारदेखि सुरु भएको भारोत्तोलनमा चार स्वर्णको टुंगो लाग्दा महिला ५३ केजीमा प्रहरीकी देवी चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
देवीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ७८ गरी कूल १३८ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान रचेकी हुन् । यसअघि देवीकै नाममा स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७७ केजीको कीर्तिमान थियो । प्रहरीकी संगीता राई दोश्रो र पश्चिमाञ्चलकी टीकामाया गुरुङ तेश्रो भए ।
महिला ४८ केजीमा आर्मीकी मनीषा रानाभाट पहिलो भइन् । मनीषाले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ५५ गरी जम्मा १०५ केजी वजन उठाइन् । पूर्वाञ्चलकी मनीषा चौधरी दोश्रो र सुदूरपश्चिमाञ्चलकी कञ्चन चौधरी तेश्रो भए ।
पुरुषको ५६ केजीमा पूर्वाञ्चलका मनोज यादव स्न्याचमा ८० र क्लिन एन्ड जर्कमा ९५ गरी जम्मा १७५ केजी भार उठाउदै शीर्ष स्थानमा रहे । आर्मीका तुलानाथ महतो दोश्रो र सुदूरपश्चिमाञ्चलका रविलाल चौधरी तेश्रो भए । पुरुषको ६२ केजीमा आर्मीका विकास थापाले स्वर्ण जिते । उनले स्न्याचमा १०० र क्लिन एन्ड जर्कमा ११५ गरी कूल २१५ केजी भार उठाए । आर्मीका जीवन तामाङले रजत र पश्चिमाञ्चलका धनबहादुर झाक्रीले कांस्य प्राप्त गरे ।
रविना र स्वेच्छाको जोडीलाई सफलता
आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीलाई सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस महिला जोडी तर्फ सफलता प्राप्त भएको छ । रविना र स्वेच्छाको जोडीले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई फाइननलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए । एपिएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कास्यमा चित्त बुझाए ।
पुरुष जोडी तर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी माथि ११–९, ११–९, ३–११ र ११–९को जित हात पार्दै स्वर्णमा नाम लेखाए । तेश्रो स्थानमा पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम र चन्दन शाहीको जोडी रहे ।
शहिद रङ्गशालास्थित कभर्डहलमा भएको महिला टिम ईभेन्टस्मा पुलिसले बाजी मा-यो । पुलिसले एपिएफलाई ३–१ले पराजित गर्दै रजतमा खुम्चिना बाध्या पा-यो । तेश्रो स्थानमा आर्मी र मध्यमाञ्चल रहे ।
यसै विधाको पुरुष तर्फको खेलमा पनि पुलिसले जित हात पारेको छ । पुलिसले एपिएफलाई ३–१ले नै पराजित गर्दै स्वर्ण संख्यालाई बृद्धि ग¥यो । एपिएफ रजतम खुम्चियो । मध्यमाञ्चल र पूर्वाञ्चलले कास्य पाए ।
मिक्स डबल्स तर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी र दीप साउन र नविताको जोडी फाइनल प्रवेश गरेका छन् । स्यान्टु र एलिनाको जोडीले सेमिफाइनलमा आर्मीका कृष्ण र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ ले तथा दीप र नविताको जोडीले एपिएफका पुरुषोत्तम र सोनुको जोडीलाई ६–११, ११–४, ११–४, ८–११ र ११–८ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
सुनसरीको इनरुवामा भइरहेको खोखोमा आर्मी दोहोरो उपाधिनजिक पुगेको छ । महिलामा आर्मीले सुदूरपश्चिमाञ्चललाई ६–४ ले पराजित ग-यो । उपाधिका लागि आर्मीले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई ६–५ ले हरायो ।
पुरुषमा आर्मीले पूर्वाञ्चलको चुनौती १२–७ ले समाप्त पा-यो । अर्को सेमिफाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १८–४ ले पाखा लगायो । फाइनल सोमबार ९ः०० बजे हुनेछ ।
सुटिङ
सुटिङको महिला १० मिटर एयर राइफलको दोश्रो दिनको खेलमा प्रहरीकी फुलमाया क्याप्छाकीले ४ सयमा ३८० अंक जोडिन् । प्रहरीकै अस्मिता राईले ३७६ अंक तथा आर्मीकी कल्पना परियारले ३७५ अंक बटुले । महिला १० मिटर एयर पेस्तोलमा ४ सय पूर्णाङ्कमा मध्यपश्चिमाञ्चलकी कृष्णा थापाले ३६२, मध्यमाञ्चलकी संगीता खड्काले ३५१ तथा मध्यपश्चिमाञ्चलकी जय अन्सारीले ३३१ अंक जोडे ।
पुरुष १० मिटर एयर राइफलको कूल ६०० अंकमा मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरेले ५४९, आर्मीका सुसे चौधरीले ५४० र मध्यमाञ्चलका प्रतीक कुँवरले ५३३ अंक बटुले । पुरुष १० मिटर एयर पेस्तोलमा मध्यमाञ्चलका भिपेश खड्काले ५३८, आर्मीका पूर्णकुमार श्रेष्ठले ५२० तथा पूर्वाञ्चलका राजु थापाले ४७० अंक जोडे ।
बास्केटबल : सेमिफाइनल समीकरण पूरा
महिलातर्फ सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा मध्यपश्चिमाञ्चले मध्यमाञ्चल विरुद्ध खेल्नेछ भने आर्मीले पूर्वाञ्चलको सामना गर्नेछ ।
सुनसरीको धरानस्थित डिपो माविमा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार महिलातर्फ भएको एक मात्र खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २४–७ ले पराजित ग-यो ।
पुरुषतर्फ आर्मीले मध्यपश्चिमाञ्चललाई १४०–३५ को फराकिलो अन्तरले हरायो । जितसंगै आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । अर्को लिग खेलमा पूर्वाञ्चलले सुदूपश्चिमाञ्चललाई ९५–२५ ले निराश पा-यो ।
कराते : कुसुम र लेखनाथलाई
करातेको महिला ४५ केजीमा आर्मीकी कुसुम खड्काले स्वर्ण जितिन् । फाइनलमा कुसुमले प्रहरीकी अर्मिला डिसीलाई पराजित गरिन् ।
एपीएफकी दीपा लामा र पश्चिमाञ्चलकी मोनु तामाङ संयुक्त रुपमा तेश्रो भए । पुरुष ८४ केजमाथि आर्मीका लेखनाथ मैनालीले बाजी मारे । उनले फाइनलमा प्रहरीका विप्लव श्रेष्ठको चुनौती पन्छाए । पूर्वाञ्चलका सञ्जय राई र पश्चिमाञ्चलका जीवन मल्ल तेश्रो बने ।
महिला टिम काताको उपाधि आर्मीले हात पा¥यो । पूर्वा्रञ्चल दोश्रो तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल तेश्रो स्थानमा रहे ।
सेपाकताक्रोे : पश्चिमाञ्चललाई स्वर्ण
सेपाकताक्रोको महिला डबल्स इभेन्टमा पश्चिमाञ्चलले आइतबार स्वर्ण जितेको छ । राउन्ड रोविन लिगका आधारमा भएको खेलमा पश्चिमाञ्चलले सर्वाधिक ८ अंक जोड्यो । सुदूरपश्चिमाञ्चलले ६ अंकसाथ दोश्रो तथा मध्यमाञ्चल ४ अंकसाथ तेश्रो बने ।
पुरुष डबल्समा आर्मी र पश्चिमाञ्चल उपाधिका लागि भिड्ने भएका छन् । मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २–१ ले पराजित गर्दै तेश्रो भयो ।
यसअघि पुरुष रेगु इभेन्टमा आर्मी पहिलो, पश्चिमाञ्चल दोश्रो र मध्यमाञ्चल तेश्रो भए । सोही स्पर्धाको महिलामा सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे ।
पुरुष फुटबल : आर्मीको जित, एपिएफ र सुदुरपश्चिम बराबरी
पुरुष फुटबलमा आइतबार नेपाल आर्मीले जित हात पर्दा एपिएफ र सुदुरपश्चिमाञ्चलले गोलरहित बराबरी खेलेका छन् ।
एन्फा टेक्निकल सेन्टर, धरानमा भएको समूह ‘ख’ पहिलो खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चले कुनै पनि गोल गर्न सकेन भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित ग-यो । बराबरी पछि एपिएफ र सुदूरपश्चिमाञ्चलले एक–एक अंक बाँडे भने आर्मीले महत्वपूर्ण ३ अंक जोड्यो । आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने ।
उनले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए । मध्यपश्चिमाञ्चलका खेलाडीले प्रहार गरेको बल नियन्त्रणमा लिएर करिब २० यार्डबाट नवयुगले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको १९ औं मिनेटमा कृष्ण रानाभाटले रातो कार्ड पाएर मैदान छाड्नु परेपछि मध्यपश्चिमाञ्चल १० खेलाडीमा सीमित भएको थियो ।
आइतबारको नजिता पछि दुवै खेलमा जित पाएको आर्मी ६ अंकको साथ समूहको शीर्ष स्थानमा छ । एक खेलमा जित र एकमा बराबरी नतिजा निकालेको एपिएफले ४ अंक जोडेको छ भने एक खेलमा हार र एकमा बराबरी नतिजा निकालेको सुदूरपश्चिमाञ्चलको मात्र एक अंक छ ।
दुवै खेल हारेको मध्यपश्चिमाञ्चल अंकविहीन छ । सोमबार समूह क अन्र्तगत लिग चरणको अन्तिम खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र मध्यामाञ्चलबीच हुनेछ भने दोस्रो खेल पश्चिमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।
पुरुष क्रिकेट
पुरुष क्रिकेटमा पश्चिमाञ्चल र एपीएफ विजयी भएका छन् । मोरङगको वैजनाथपुरमा जारी प्रतियोगिताको पहिलो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ६ रनले पराजित ग-यो ।
टस जितेर व्याटिङ रोजेको पश्चिमाञ्चले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो । पश्चिमाञ्चलका लागि दिपेस खत्रिले सर्वाधिक ५३ रन योगदान गरे ।
४७ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शंकर रानाले ४८ तथा कृष्ण कार्कीले १० रनको योगदान गरेका थिए । खेलमा मध्यमाञ्चलका लागि रसिद खानले सर्वाधिक ५ र सुशील कँडेलले १ विकेट लिए ।
१ सय २८ रनको विजयी लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो । मध्यमाञ्चलका लागि जितेन्द ठकुरीले ४४ रन बनाउन सफल भए ।
२९ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै हसिम अन्सारिले २१ तथा भूपेन्द्र थापाले १८ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । पश्चिमाञ्चलका लागि लाल अधिकारी र दिपेस खत्रिले २/२ विकेट लिए भने अमृत गुरुङ, कष्ण कार्की र साह आलमले समान १/१ विकेट लिएका थिए ।
अर्को खेलमा एपीएफले सुदुरपश्चिमाञ्चललाई १४४ रनको भारीअन्तरले हरायो । टस जितेर व्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय रन को विशाल योगफल खडा ग-यो ।
एपीएफका लागि पारस खड्काले नटआउट १ सय ५ रन बनाए । अक्रमक व्याटिङ गरेका उनले ४३ बलको सामना गरी ९ चौका र ८ छक्का प्रहार गरेका थिए ।
ओपनर सुवास खकुरेलले ५१ बलको सामना गरी ६४ रन बनाएका थिए । सुदूरपश्चिमाञ्चलका लागि प्रकाश थापाले २ तथा विनोद लामा र दिनेश आग्रीले समान १/१ विकेट लिए ।
२ सय १ रनको विजयी लक्ष्य पाएको सुदूरपश्चििमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । उसका लागि दिपक मल्लले २१ र सन्जु दमाइले १५ रन बनाए । एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक ३ तथा करण केसी, भुवन कार्की र प्रदिप एैरिले समान १/१ विकेट लिएका थिए । सोमबार मध्यपश्चिमाञ्चल र आर्मी तथा पुर्वाञ्चल र प्रहरीबीच खेल हुनेछ ।
सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी २० औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र पूर्वाञ्चलका परशुराम राई अग्रता बनाउन सफल भएका छन् ।
आईतबार सम्पन्न दोश्रो तथा तेश्रो चरणको खेलमा केशवले क्रमशः पूर्वाञ्चलका प्रकाश नेपाल तथा एपीएफका सुमीत पन्तमाथी जीत हात पारे । उता पूर्वाञ्चलका अनरेटेड खेलाडी परशुरामले दोश्रो चरणमा मध्यमाञ्चलका नविन तण्डुकार र तेश्रो चरणमा नेपाल आर्मीका हिमाल लामामाथि उत्कृष्ठ जीत हात पारे । तीन चरणको समाप्तिमा केशव र परशुरामको समान तीन–तीन अंक भएको छ ।
वर्तमान नेपाल च्याम्पियन समेत रहेका नेपाल आर्मीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, मध्यमाञ्चलका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, मदनकृष्ण कायस्थ तथा आशिष फुयाँल समान २ दशमलब ५ अंकमा रहेका छन् ।
दोश्रो चरणको खेलमा मध्यमाञ्चलका गणेशमान दुवालसँग बराबरीमा रोकिएका भुपेन्द्रले तेश्रो चरणको खेलमा पूर्वाञ्चलका सुमन श्रेष्ठलाई हराए ।
त्यसैैगरी दोश्रो चरणमा पूर्वाञ्चलका सुमनसँग बराबरीमा रोकिएका रिजेन्द्रले तेश्रो चरणमा पश्चिमाञ्चलका यज्ञ रोकायालाई पराजीत गरे । दोश्रोमा आशिष फुँयालसँग बराबरीमा रोकिएका मदनकृष्णले तेश्रोमा मध्यमाञ्चलकै कमल श्रेष्ठमाथि जीत हात पारे र उता आशिषले तेश्रो चरणमा मध्यमाञ्चलकै क्षितीज भण्डारीलाई हराए ।
नेपाल आर्मीका क्यान्डिडेटमास्टर सजिन महर्जन तथा हिमाल लामा, एपिएफका सुमित पन्त, पूर्वाञ्चलका सुमन राई, सिंगेश्वर दास तथा प्रकाश नेपाल, मध्यमाञ्चलका गणेशमान दुवाल तथा नविन तण्डुकार, सुदुरपश्चिमाञ्चलका प्रकाश ओझा समान दुई–दुई अंकमा रहेका छन् ।
महिलातर्फको खेलमा नेपाल आर्मीका सिन्दिरा जोशी तथा मोनालिसा खम्बु र मध्यमाञ्चलका सविना श्रेष्ठ समान तीन–तीन अंकका साथ अग्रता बनाउन सफल भए ।
महिलातर्फकी वर्तमान च्याम्पियन सिन्दिराले दोश्रो तथा तेश्रो चरणमा क्रमशः पूर्वाञ्चलकी आश्मा थापा तथा मध्यमाञ्चलकी बीना जयसवाललाई हराईन ।
मोनालिसाले दोश्रो चरणमा पश्चिमाञ्चलकी अन्जु शर्मा तथा तेश्रो चरणमा नेपाल आर्मीकै वुमन फिडेमास्टर सुजना लोहनीलाई पराजीत गरिन् । त्यसैगरी अनरेटेड सविनाले दोश्रो चरणमा मध्यपश्चिमाञ्चलकी नम्रता पाठक तथा तेश्रोमा पूर्वाञ्चलकी सुशीला गुरुङमाथि जीत हात पारिन ।
एपीएफ क्लबकी शान्ता थापा, नेपाल आर्मीका सुजना लोहनी तथा वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ, मध्यमाञ्चलका संगीता जयसवाल, पूर्णीमा जयसवाल तथा बीना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी, खुस्बु थापा तथा आश्मा थापा समान दुई–दुई अंकमा रहेका छन् ।
त्यसैगरी पश्चिमाञ्चलकी नमन सेढाईं र पूर्वाञ्चलकी सुशीला गुरुङ समान १ दशमलब ५ अंकमा रहेका छन् ।
फुल कन्ट्राक्ट कराते
फुल कन्ट्याक्ट करातेको पुरुष तर्फ सेमिफाइनल र महिला तर्फ क्वार्टरफाइनल खेल सम्पन्न भएको छ ।
धरान १६ स्थित सेमीकबर्डहलमा भएको पुरुष ६० केजीमा पूर्वाञ्चलका गोपाललाल सिंह फाइनलमा प्रवेश गरेका छन् । ५० केजी तौल मुनि सशस्त्रका सञ्जय राई र सुदुरपश्चिमका सुमित कुमार रोकाया, ५५ केजी तौल मुनि सशस्त्रका निकेश महर्जन, मध्यमाञ्चलबाट बिनोद थापा र ४० केजी तौल मुनि मध्यपश्चिमाञ्चलका राजबन गोसाई र सुदुरपश्चिमाञ्चलका पुस्कर थापा फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष खुल्ला तर्फको सेमीफाइनलमा सशस्त्र प्रहरीका रुपक नेपाली, मध्यमाञ्चलका तिर्थमार चिढिमार, नेपाल आर्मीका सनिसिंह सुनुवार र मध्यमाञ्चलमा रविन नेपाल प्रवेश गरेका छन् ।
यता महिला तर्फको प्रतियोगितामा आज क्वार्टरफाईनल चरण सकिएको छ । सेमिफाईनलमा महिला खुल्ला तर्फ नेपाल आर्मीकी मञ्जु विक, पश्चिमाञ्चलकी सुस्मी श्रेष्ठ पश्चिमाञ्चल, हरिना साउद सुदुरपश्चिमाञ्चल, सपना गन्धर्व मध्यपश्चिमाञ्चलबाट प्रवेश गरेका छन् ।
त्यस्तै ५५ केजी तर्फ पश्चिमाञ्चलकी सुनिता गुरुङ, पुलिसकी मनिषा लामा, मध्यमाञ्चलकी सबिता श्रेष्ठ र आर्मीकी अम्बीका भुजेल छन् । ५० केजी तर्फ पुलिसकी सुजता राई, सशस्त्रकी दिपा शाही, मध्यमाञ्चलकी निर्मला लो र सुदुरपश्चिमाञ्चलकी बिमला बुढा रहेका छन् ।
काता तर्फको छनौट प्रतियोगिता भने भोलि हुने प्रतियोगिताका जुरी विकाश महर्जनले बताउनुभयो । उनका अनुसार ५ वटा क्षेत्र र ३ वटा विभागिय टोलिबाट ६४ जना खेलाडिहरु प्रतियोगितामा सहभागि भएका छन् । प्रतियोगितामा पुरुष तर्फ ५ विधा र महिलाको ३ वटा विधामा प्रतिष्पर्धा भइरहेको छ ।
उसु
उसुतर्फ क्वार्टरफाइनलका खेलहरु समाप्त भएका छन् । धरान १३ अमरहार्ट कभर्डहलमा आइतबारदेखि शुरु भएको प्रतियोगितामा ४८ देखि ७० केजी तौल समूहमा ३४ जना महिला तथा पुरुष खेलाडीहरु सेमी फाइनलमा प्रवेश गरेका हुन् ।
सेमिफाइनल पुग्ने खेलाडीमा विभागीय टोलीको वर्चस्व रह्यो । पुरुषमा २९ चार जना एपीएफ, ६ जना आर्मी, ४ प्रहरीका छन् भने पूर्वाञ्चलका ४, पश्चिमाञ्चलका ४, मध्यपश्मिाञ्चलका २, सुदूरपश्मिाञ्चल ४ र मध्यमाञ्चलका खेलाडी छन् । यसैगरी महिला तर्फ पनि विभागीय टिमकै दबदबा छ । महिलातर्फ ६ जना सेमी फाइनलमा प्रवेश गरेका छन् । ती मध्ये प्रहरी र आर्मीबाट एक÷एक जना विजयी बनेका छन भने सुदुरपश्मिाञ्चलका दुई, पूर्वाञ्चलका एक, मध्यपश्मिाञ्चलका एक जना सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
विराटनगरको दिल्ली पब्लिक स्कुलमा जारी हक्कीको पुरुषमा आर्मी सेमिफाइनलमा पुगेको छ । आर्मीले पश्चिमाञ्चललाई ३–१ ले पराजित ग-यो । पुरुषकै अर्को लिग खेलमा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ गोलको बराबरी खेले ।
महिलाको राउन्ड रोविन लिगमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४–० तथा आर्मीले पश्चिमाञ्चललाई ५–० गोलअन्तरले हराए ।
ब्याडमिन्टन : टिम इभेन्टमा आर्मीलाई दुई स्वर्ण
काकडभिट्टामा जारी व्याडमिन्टनको टिम इभेन्टमा आर्मीले २ स्वर्ण जित्यो । पुरुषतर्फ आर्मीले एपीएफलाई ३–० ले पराजित ग¥यो । आर्मीका रत्नजीत तामाङले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१० र २१–१४ को सोझो सेटमा पन्छाए ।
त्यस्तै आर्मीकै नवीन श्रेष्ठले एपीएफका विजित थापा मगरलाई २१–८ र २१–७ ले र आर्मीकै दिपेश धामीले एपीएफका सुदिप सेढाईंलाई २१–१८ र २३–२१ ले पछि पारे ।
महिलातर्फ पनि आर्मीले एपीएफलाई २–० ले पराजित ग-यो । आर्मीकी अमिता गिरीले एपीएफकी शोभा गौचनलाई २१–१६ र २१–१७ तथा नङसला तामाङले एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१५ र २१–१६ ले हराए ।
पुरुष सिंगल्समा मध्यमाञ्चलका विलाल वारिसले सुदूरपश्चिमाञ्चलका देउराज रानालाई २१–१९ र २१–१६ को सोझो सेटमा हराए ।
श्चिमाञ्चलका विधान अधिकारीले पूर्वाञ्चलका विशाल मोक्तानलाई २१–१४ र २१–१४ को सोझो सेटमा हराए । सुदूरपश्चिमाञ्चलका सुनिल जोशीले मध्यमाञ्चलका मनिषविक्रम सिंहलाई २१–१२ र २१–११ को सोझो सेटमा पाखा लगाए ।
त्यसैगरी पूर्वाञ्चलका सुवास तामाङले मध्यमाञ्चलका प्रदीप महर्जनलाई २३–२१ र २१–१४ ले हराए । पश्चिमाञ्चलका विवेक जिसीले आर्मीका सुरज महर्जनलाई २१–११ र २१–१४ ले निराश पारे ।
एपीएफका सुमन लिम्वुले मध्यमाञ्चलका शिव थापालाई १६–२१, २१–१३ र २१–१० ले हराए । आर्मीका रुकेश महर्जनले मध्यमाञ्चलका हरि गोतामेलाई २१–११ र २१–१६ अंकले जिते । पश्चिमाञ्चलका भुगोल गुरुङले मध्यमाञ्चलका प्रविन के लिङथेकलाई २१–१५ २१–१० ले हराए । पूर्वाञ्चलका प्रकाश लिम्वुले नेपाल पुलिसका सन्तोष कट्वाललाई २१–१२ र २१–१० ले हराए ।
त्यस्तै पूर्वाञ्चलकै सुजन श्रेष्ठले पुलिसकै गौरव दाहाललाई २१–१३ र २१–१९ ले हराए । एपीएफका विजीत थापा मगरले पश्चिमाञ्चलका अतित गुरुङलाई २१–१२ २१–१६ ले हराए । आर्मीका नवीन श्रेष्ठले पुलिसका सुर्य श्रेष्ठलाई २१–११ र २१–१० को सोझो सेटमा जिते ।
ध्यपश्चिमाञ्चलका रियाल अन्सारीले एपीएफका निराजन देवकोटालाई १३–२१, २१–१५ र २१–१५ ले जिते ।
त्यसैगरी एपीएफका इन्द्र महतोले सुदुर पश्चिमाञ्चलका जेवी साउदलाई २१–१३ २१–९ ले हराए । पूर्वाञ्चलका विवेक श्रेष्ठले मध्यमाञ्चलका तिर्थ के मल्ललाई २१–८ र २१–९ ले जिते । मध्यमाञ्चलका दिपेश शाक्यले पूर्वाञ्चलका प्रनिश ठकुरीलाई १४–२१, २१–१८ र २१–१५ ले पन्छाए । सुदुरपश्चिमाञ्चलका गौतम कठायतले एपीएफका जोसेफ अधिकारीलाई १९–२१, २१–१६ र २१–१९ ले हराए ।
पूर्वाञ्चलका जीवन आचार्यले सुदुर पश्चिमाञ्चलका चिरन विष्टलाई २०–२२, २१–१९ र २१–७ ले हराए । मध्यमाञ्चलका नीरविक्रम देवकोटाले आर्मीका प्रफुल महर्जनलाई २१–१६, १८–२१ र २१–१५ ले हराए ।
महिला क्रिकेट : एपीएफ र पूर्वाञ्चल सेमिफाइनलमा
महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चल सेमिफाइनलमा पुगेका छन् । इटहरीमा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिमाञ्चललाई ८ विकेटले पराजित ग-यो ।
टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमाञ्चलले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई ३९ रनको झीनो योगफल तयार पारेको थियो ।
सुदुरपश्चिमाञ्चलका कुनैपनि ब्याटस्वुमनले दोहो अंकलाई छुन सकेनन् एपिएफकी सरिता मगरले ४ विकेट लिएकी थिइन
जवाफमा ४० रनको झीनो लक्ष्य पछ्याएको एपिएफले ४ दशमलव ५ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।
एपिएफकी ज्याति पान्डेले नटआउट १८ रन र सरिता मगरले १३ रनको योगदान दिएकी थियन । सुदुरपश्चिमाञ्चलकी रेखा रावलले २ विकेट लिएकी थिइन् ।खेलको वुमन अफ दी म्याच एपिएफकी सरिता घोषित भइन ।
दोस्रो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गमाई ९२ रन बनाएको छ । पूर्वाञ्चललकीकाजोल श्रेष्ठले ६१ बलमा ३ चौका प्रहार गरी ४८ रन बनाएकी थिइन । उनी खेलमो वुमा अफ म्याच भइन् मध्यपश्चिमाञ्चलकी अनिता चौधरीले ३ विकेट र गिता साहले २ विकेट लिएकी थिइन् ।
जवाफमा ९३ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ६४ रनमात्र जोड्न सक्यो । मध्यपश्चिमाञ्चलकी नेरी थापाले १६ बनाइन । पूर्वाञ्चलकी अनुराधा चौधरी र सन्तोषि चौधरीले २–२ विकेट लिएकी थिइन ।
लनटेनिस : पश्चिमाञ्चल र प्रहरीलाई स्वर्ण
पोखरामा भइरहेको लनटेनिसको टिम इभेन्टतर्फ पुरुषमा पश्चिमाञ्चल र महिलामा प्रहरीले स्वर्ण जितेका छन् । पुरुषको फाइनलमा पश्चिमाञ्चलले एपीएफलाई ३–० ले पराजित ग¥यो । आर्मी र प्रहरी संयुक्त रुपमा तेश्रो भए । महिलाको उपाधि भिडन्तमा प्रहरीले आर्मीलाई ३–० कै नतिजामा हरायो । पूर्वाञ्चल र एपीएफ तेश्रो भए ।
कास्की आर्चरीका राजेशलाई स्वर्ण
कास्की आर्चरी संघका राजेश राना सातौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
पुरुषको ५० मिटर कम्पाउन्ड ईन्डिभिजुअल तर्फ राजेसले संघका राजेशले १४२ अंकका साथ स्वर्ण प्राप्त गरेका हुन् । उनलाई पछ्याईरहेका कास्कीकै जाग्रित गुरुङ्गले १४१ अंकका साथ रजतमा चित्त बुझाए । तेश्रो स्थानमा किशोर कुमार गुरुङ्ग रहे । उनले १३४ अंकका साथ कास्य प्राप्त गरे ।
उदयपुरमा जारी आर्चरी खेलको पुरुष रिकर्भ स्टान्डर्डमा कास्की आर्चरी संघका प्रेम थापामगर र आकाश थापा मगरले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै सो स्पर्धामा स्वयंभुका राम वाङ्गचुक गुरुङ्ग र आर्मीका खुम बहादुर कुमालले तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला रिकर्भ स्टान्डर्ड तर्फको खेलमा कास्कीका रोजिना थापा मगरले स्वर्ण पदकका लागि सेनाको आर्मी क्लबकी पुजा थापाको सामना गर्ने भएकी छिन् । तेश्रो स्थानका लागि सेनाकी मित्र राई र कञ्चलपुर आर्चरी क्लबकी लक्ष्मी थापाको भिडन्त हुनेछ ।
स्टान्डर्ड मिक्स तर्फ कास्की आर्चरी संघका प्रेम थापा र रोजिना थापा मगर फाइनलमा प्रवेश गरेका छन् । थापाको जोडीले सेनाका खुम बहादुर कुमाल र मित्र राईको जोडी संग स्वर्णको लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै यस विधामा कास्कीका गिर बहादुर गुरुङ्ग र अर्चना थापामगरको जोडीले कञ्चनपुरका रोशन थापा र लक्ष्मी थापासंग कास्यका लागि भिड्ने छन् ।
रिकर्भ पुरुष स्टान्डर्ड टिम तर्फ अन्नपूर्ण आर्चरी क्लब कास्की र स्वयंभु आर्चरी क्लब काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । यस्तै आर्मी र कास्की आर्चरी संघकाविच तृतीय स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी गराएका छन् ।
सफ्ट टेनिस : प्रदीप र अभिषेक फाइनलमा
सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका प्रदीप खत्री र मध्यपश्चिमाञ्चलका अभिषेक झा फाइनलमा प्रवेश गरेका छन् । मोरङको वैजनाथपुरमा भएको सेमिफाइनलमा प्रदीपले पूर्वाञ्चलका अभिषेक कार्कीलाई ४–० तथा अभिषेकले पूर्वाञ्चलका युकेश योञ्जनलाई ४–१ ले पराजित गरे ।
महिला सिंगल्समा मध्यमाञ्चलकी एलिजा रन्जितले सोही क्षेत्रकी आयुष्मा रन्जितलाई ४–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरिन् । एलिजाको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ ।
तेक्वान्दो : रेजिना र यानलाई स्वर्ण
तेक्वान्दोमा प्रहरीकी रेजिना कार्की र आर्मीकी यानकुमारी चौलागाईंले आइतबार स्वर्ण जितेका छन् । महिलाको ४६ केजीमा रेजिनाले आर्मीकी काजल श्रेष्ठ तथा ४९ केजीमा यानले मध्यमाञ्चलकी रेजुना ठकुरी शाहीलाई फाइनलमा पराजित गरे ।
पुरुष ५४ केजीमा आर्मीका ताराकुमार रायमाझीले स्वर्ण जिते । उनले फाइनलमा मध्यमाञ्चलका कपिल थापालाई हराए ।


















प्रतिक्रिया