३१ आश्विन २०८३, शनिबार

टोकियोमा सोलमारी लाईभ म्युजिक हाउस सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो । जापानको टोकियोमा शनिबार नेपालीहरुले सञ्चालनमा ल्याएको सोलमारी लाईभ म्युजिक हाउसको उद्धघाट्न गरिएको छ ।

शनिबार टोकियोमा विशेष कार्यक्रमको आयोजना गरी उक्त म्युजिक हाउसको उद्धघाट्न गरिएको हो । जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, एनआरएनए जापानका पूर्व अध्यक्ष एवम् एनआरएनएका आईसीसी सदस्य पारसमणि पोखरेल, एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कपिलदेव थापाले संयुक्त रुपमा उक्त म्युजिक हाउसको उद्धघाट्न गरेका हुन् ।

कार्यक्रममा एनआरएनए आईसिसि अन्र्तराष्ट्रिय समन्वय परिषदका सदस्य एवम् एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणि पोखरेलले पनि जापानमा नेपालीहरुले ठूलो प्रगति गरेको भन्दै प्रशंसा गरेका छन । उनले जापानमा बसोबास गर्ने नेपालीहरुको प्रगति देखेर आफू प्रभावित भएको बताए ।

कार्यक्रममा एनआरएनएका एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कपिलदेव थापाले जापानमा नेपाली युवाहरुले ठूलो प्रगति गरेको भन्दै आगामी दिनमा उनीहरुले नेपालको सामाजिक, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सहयोग पुगाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब तपाईहरुले समाजसेवामा पनि हात हाल्नुपर्छ, नेपालको विकासमा टेवा पुर्याउन आफूले सकेको सहयोग गर्नुपर्छ, देशव्यापी रुपमा लाईब्रेरी सञ्चालन गर्नको लागि पनि ध्यान दिनुपर्छ ।’

कार्यक्रममा जनसम्पर्क समिति जापानका अध्यक्ष डिवी कँडेल, प्रवासी मञ्च जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, ओम गुरुङ लगायतले बोलेका थिए ।

उक्त म्युजिक हाउस पुष्करजंग थापा, कविर तण्डुकार, प्रल्हाद, पर्शुराम र बाबुराम भण्डारी गरि ५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।