भैरहवा, ९ पुस । भैरहवा बहुमुखी क्याम्पसमा मंगलबारदेखि खेल सप्ताह सुरु भएको छ ।
खेल सप्ताह अन्र्तगत क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, हाजिरीजवाफ, वक्तृत्वकला र कविता प्रतियोगिता आयोजना हुने भएको छ । क्रिकेट प्रतियोगिताको समाप्तिपछि ८ गतेको दोस्रो दिनको फुटबल खेलमा कुल ३ खेल मध्ये क्रमश : बिबिएस दोस्रो वर्ष, बिबिएम चौथो सेमेस्टर र बिबिएस तेस्रो वर्षका खेलाडी विजयी हुन सफल भएका थिए ।
पहिलो खेलमा बिबिएस दोस्रो वर्षले बिबिएस प्रथम वर्षलाई ट्राईबेकरमा २ गोलले पराजित गरेको छ । त्यसैगरी एमए सोसोलोजी र बिबिएम बीचको निकै प्रतिस्पर्धात्मक दोस्रो खेलमा बिबिएमले १ का विरुद्ध २ गोलले विजय हासिल गर्न सफल भएका थिए ।
भैरहवा बहुमुखी क्याम्पसका होस्टेलमा बस्ने विद्यार्थीहरु र बिबिएस तेस्रो वर्ष बिचको तेस्रो खेलमा बिबिएस तेस्रो वर्षले शून्यका विरुद्ध ३ गोलको रोमाञ्चक खेल खेल्दै विजय हासिल गर्न सफल भएको थियो । जसमा खेलका उत्कृष्ट खेलाडी इन्द्र थापाले २ गोल र प्रशान्त थापाले १ गोल गर्न सफल भएका थिए ।
क्याम्पस प्रमुख अनिल कुमार झाको प्रमुख आतिथ्यता र क्याम्पस विद्यार्थी कल्याण प्रमुख केशव शर्मा बेलबासेको संयोजकत्वमा संचालित प्रतियोगिताको फुटबल तर्फको सह–संयोजक कपिल चापागाई रहेका थिए ।
क्याम्पसले खेलकुद सप्ताहका लागि विद्यार्थी संगठनबाट विभिन्न व्यक्तित्वलाई सह–संयोजक समेत तोकेको छ । जसअन्र्तगत क्रिकेटमा प्रदिप थापा, फुटबलमा कपिल चापागाई, भलिबलमा यादव प्रसाद आचार्य, बास्केटबलमा अलि मोहम्मद, वक्तृत्वकलामा शशी पन्थी, गजल÷कवितामा रितुराज सिंह, हाजिरीजवाफमा माया थापा मगर सह–संयोजक रहेका छन् ।
















प्रतिक्रिया