बहराइन । प्रवासी नेपाली मञ्च (ओएनएफ) बहराइनको दोस्रो अधिवेशन हुने भएको छ ।
नेपालभन्दा बाहिर विश्वभर छरिएर रहेका नेपालीलाई विचार र सिद्धान्तका आधारमा एउटै साझा संयन्त्रमा आवद्ध गर्दै नेपाली नागरिकका विचमा सामाजिक सदाचार, सद्भाव र सहयोगको विकास गर्नुकासाथै नेपाली सुसंस्कार र सुसंस्कृतीको संरक्षण, सम्बद्र्धन र विकासका लागि निरन्तर क्रियाशिल रहँदै आएको प्रवासी नेपाली मञ्चको बहराइन शाखाद्धारा आयोजित अधिवेशन जनवरी १ को दिन बहराइनको फुड सिटी मनमामा बिहानको ११ बजेदेखि सुरु हुनेछ ।
अधिबेशनमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, तथा, प्रवास मध्यपूर्ब प्रमुख श्रीप्रसाद साहको उपस्थिति रहने र अधिबेशनलाई सम्बोधन गर्नुहुनेछ ।
वैदेशिक रोजगारको सिलसिलामा देश बाहिर रहेर पनि देशलाई माया गर्ने र जनताको बहुदलीय जनबादमा बिश्वास गर्ने सम्पुर्ण नेपालीलाई एकताको सुत्रमा बाध्ने अभियान अन्तर्गत प्रवासी नेपाली मञ्च बहराइनको अधिवेशनको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण निर्णयहरु गरेको छ ।
अधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न समिती तथा उपसमितिहरु गठन गरी परिचालन गरिएको छ । पहिलो ऐतिहासिक अधिवेशनको समिक्षा गर्दै यस अधिवेशनलाई विशेष बनाउने तर्फ प्रवासी नेपाली मञ्च बहराइन केन्द्रित छ ।















प्रतिक्रिया