काठमाडौं, ८ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा बिहीबार जित हात पारेका छन् । यद्यपि दुवै प्रतियोगिताबाट बाहिरी सकेका छन् ।
समूह ‘क’ बाट नेपाल प्रहरी विजेता र एपीएफ उपविजेता तथा समूह ‘ख’ बाट नेपाल आर्मी विजेता र मध्यमाञ्चल उपविजेता हुँदै बुधबारै सेमिफाइनलमा पुगिसकेका छन् ।
सुनसरीको दुहबी रंगशालामा भएको खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित ग¥यो । सुशीला चौधरीले निर्णायक गोल गरिन् ।
अर्को खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २–१ ले हरायो । आशा शाहीले ३१ औं मिनेटमा गोल गर्दै मध्यपश्चिमाञ्चलाई १–० को अग्रता दिलाइन् ।
५० औं मिनेटमा पूर्वाञ्चलकी मुना लावतीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा पु-याइन् । मध्यपश्चमाञ्चलकी मन्जु चौधरीले ६२ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरिन् ।
पुलिस र मध्यामञ्चलको जित
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मध्यामञ्चलले विजयी सुरुआत गरेका छन् ।
सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहिबार शुरु पुरुष फुटबलमा जितसंगै पुलिस र मध्यामञ्चल ३ अंक बटुले ।
समूह चरणको खेलमा पुलिसले पुर्वाञ्चललाई २–१ गोलअन्तरले पराजित ग-यो । पहिलो हाफको १९ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने पहिलो हाफकै ३१ औं मिनेटमा बुद्ध लामाले दोस्रो गोल गरे । पुर्वाञ्चलले दोस्रो हाफमा एक गोल फर्कायो । दोस्रो हाफको २४ औं मिनेटमा पुर्वाञ्चलका दिपक राईले फ्रि किकबाट गोल गरेका थिए ।
दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० गोलअन्तरले हरायो । मध्यमाञ्चलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । मध्यमाञ्चलका लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे ।
दोस्रो हाफको १९ औं मिनेटमा निरबहादुरले मध्यमाञ्चलका लागि खाता खोले भने ३२ औं मिनेटमा रुमेशले गोलअन्तर दोब्बर पारे । ३९ औं मिनेटमा करिब ३० यार्डको दूरीबाट आकर्षक गोल गर्दै श्याम बाबुले मध्यमाञ्चलको जित अन्तर फराकिलो बनाए ।
शुक्रबार पहिलो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मध्यपश्चिमाञ्चल तथा दोस्रो खेल सुदूरपश्चिमाञ्चल र नेपाल आर्मी क्लबबीच हुनेछ ।















प्रतिक्रिया