मस्कट । नेपाली हास्य टेलि शृङ्खला मेरि बास्सै बाट तक्मे बूढाको नामले परिचित भएका विल्सन बिक्रम राई (तक्मे बूढा) तमु समाज ओमानले यहि डिसेम्बर ३० तारिख शुक्रबारको दिन ओमानको मस्कटमा आयोजना गर्न लागिरहेको तमु ल्होसार साँस्कृतिक कार्यक्रम को लागि ओमान मा आउँदै छन । साथमा गायिका भिमु गुरुङ, गायक राजु गुरुङ, र डान्सर लक्ष्मी गुरुङ पनि उक्त कार्यक्रमको लागि आउँदै हुनुहुन्छ ।
नेपालका विभिन्न स्थान बाट वैदेशिक रोजगारको सिलसिलामा ओमान आएका तमुहरुले, आफ्नो भाषा,कला संस्कृति, परम्परा र रिति रिबाज लाई जगेर्ना गर्दै, विभिन्न जात, भाषा, धर्म, संस्कृति र भूगोलको मिश्रण हाम्रो नेपालको गौरव लाई हामी जहाँ रहेपनी बचाई राख्न र कुनैपनी नेपाली लाई भैपरी आउँदा सहयोग गर्नको लागि तमु समाज ओमानको गठन भएको थियो।
अहिले ३२२६९ च्या ल्होसर लाई भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पूर्ण ओमान स्थित प्रवासी नेपाली हरुको बिचमा मनाउने लक्ष्यसाथ तमु समाज ओमानले उक्त कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको छ, बने ओमान स्थित प्रवासी नेपाली हरु उक्त दिनको प्रतीक्षा गरिरहेका छन ।















प्रतिक्रिया