३१ आश्विन २०८३, शनिबार

गुल्मी पुगेर विमलेन्द्र निधिले कार्यकर्तालाई भने- एमालेको पछि नलाग्नुस्

59.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, ६ पुस । उपप्रधान तथा गृहमन्त्री एबं काँग्रेस नेता बिमलेन्द्र निधिले पार्टीको निर्णय बिपरित आन्दोलनमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

गुल्मीको भाडगाँउमा नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसीका बुवा ज्ञान बहादुर खत्रीको ११ औं दिनको अबसरका आयोजित शोक सभामा बोल्दै मन्त्री निधिले सरकारले संसदमा पेस गरेको संबिधान संशोधनमा पहाडी जिल्लाहरुलाई अलग गरी ल्याइएको बिधेयकको बिरोधमा नलाग्न आफना नेता र कार्यकर्तालाई आग्रह गरे ।

सीमाङकन हेरफेर गुल्मी, पाल्पा, आर्घाखाँची लगायतका जनताको हितमा रहेकाले आफ्ना कार्यकर्तालाई एमालेको पछि नलाग्न र पार्टी निर्णयको पक्षमा वातारण बनाउन नेता तथा कार्यकर्तालाइ निर्देशन दिए ।

नेकपा एमालेले अनाबश्यक आन्दोलन चर्काएको र संसदलाई समेत चल्न नदिएर संसदीय प्रणालीलाई अबरोध गरेको भन्दै उनले यसो गर्नु राष्ट्रियता विपरितको काम भएको आरोप लगाए । निधिले आफूले प्रस्ताव गर्दा राष्ट्रहितमा हुने अरु पार्टीले गर्दा कसरी राष्ट्रघात हुन्छ भनेर एमालेलाई प्रश्न समेत गरे । नेकपा एमाले संघीयता बिरोधी पार्टी भएको भन्दै झुटको खेती गरेर आन्दोलनमा लाग्नेहरुबाट आफ्ना नेता तथा कार्यकर्तालाई सर्तक रहन आग्रह गरे ।

प्रदेशको प्रस्ताव गर्दैमा राष्ट्रघाती नहुने र सीमांकन पनि राष्ट्रियताको हितमा रहेको मन्त्री निधीले दाबी गरे । संबिधान घोषणासंगै नेपालमा राजतन्त्र, संघीयता, समाबेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणालीमा परिर्वतन ल्याएकोले यसलाई संस्थागत गर्न नेपाली काँग्रेस लागि परेको बताए ।

नेता निधीले एमालेलाई तुरुन्त संसद चल्न दिई मन नपरेका बिषयमा छलफल गरि निकास खोज्न सुल्झाए । नेता निधीले गुल्मीमा चलेको आन्दोलनमा घाइतेहरुप्रति सिर्घस्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था मिलाउन पहल हुने बताए ।

निधिलाई कांग्रेस गुल्मी सभापतिको कडा जवाफ

साभामा काँगेस गुल्मीका सभापति एबं संयुक्त संघर्ष समिति गुल्मीका संयोजक भुवन प्रसाद श्रेष्ठले गुल्मेली जनताको भावना विपरित पहाडी जिल्लाको सीमांकन हेरफेर गर्ने आएको प्रस्तावमा असहमति रहेको बताए । उनले नियोजित कसैलाई चित्त बुझाउन ल्याएको प्रस्ताव फिर्ता लिन निधिसंग आग्रह गरे ।