काठमाडौं, ६ पुस । राष्ट्रियता जोगाउन भन्दै तीन कम्युनिस्ट पार्टीले कार्यगत एकताको घोषणा गरेका छन् ।
मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल, मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र विप्लवले नेतृत्व गरेको नेकपा माओवादीवीच कार्यगत एकताको तहमा मोर्चाबन्दी सुरु भएको हो ।
तीन पार्टीले संयुक्त वक्तव्य जारी गर्दै संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।
‘राष्ट्रियताको पक्षमा पुस १६ गते काठमाडौंमा अन्तक्र्रिया र २२ गते अपरकर्णाली परियोजनाविरुद्व सुर्खेतमा विशाल जनप्रर्दशन तथा २५ गते अरुण ३ परियोजनाविरुद्व संखुवासभामा जनप्रर्दशन गर्ने र २९ गते विराटनगरमा अनधिकृत रुपमा बसिरहेको भारतीय काउन्सिलर कार्यालयविरुद्व जनप्रर्दशन’ गरिने जारी वक्तव्यमा उल्लेख छ ।
यसअघि विप्लव माओवादीले भारतीय हस्तक्षेपविरुद्ध सशक्त ढंगले लड्दै आएको थियो ।
















प्रतिक्रिया