३१ आश्विन २०८३, शनिबार

स्वर्गीय पत्रकार बोहराका परिवारलाई यूएईबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मान बहादुर केसी

यूएई । आपत्ति र बिपत्तीका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

दुबै मृगौला खराब भई काठमाडौँको भेनस अस्पतालमा उपचार गराई रहेकी ममताको उपचारका लागि केहि मद्दत होस् भनि सुदूर पश्चिम सेवा समाज यूएईले ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम क्षेत्रीय समन्वय समितीका संयोजक प्रकाश विक्रम शाहको नाममा पठाईएको सुदूर पश्चिम सेवा समाज यूएईका अध्यक्ष चेत बहादुर थापाले जानकारी दिए ।

थापाले सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदै आउँदा दिनहरुमा पनि समाजले दुःखी पीडितहरुलाई सकिदो सहयोग गरी रहने बताएका छन् ।

स्मरणीय रहोस् श्रीमती ममतालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराई रहेका बोहराको कुरुवा रहेको अवस्थामा मंसिर १० गते अचानक निधन भएको थियो ।