३१ आश्विन २०८३, शनिबार

आहा रारा गोल्ड कप खेल्ने अमेरिकन टोलीको नामा सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बिजय थापा

वाशिंगटन डीसी, ६ पुस  । गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा आएका भकुण्डो खेलाड़ीहरुको नामावली सार्बजनिक गरिएको छ ।​

​गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूची तैयार गरिएको हो ।

आगामी जनवरी १७ देखि २८ तारीखसम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रियस्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको छ ।

​​छनौट प्रक्रिया समितिमा रहेका नेपालका पूर्व राष्ट्रिय खेलाड़ी उमेश प्रधान, बिनोद खरेल, सूरज थापा, प्रदीप हुमागाई तथा कुमार शेरचनले उक्त खेलाडीहरुको छनौट गरेका हुन ।

गोल कीपरहरुमा बाल्टीमोर एथलेटिक क्लबका निश्चल पण्डित तथा डीसीका रेनेरो पचेको छनौटमा परेका छन । रक्षापंक्तिमा ६ जना खेलाडीहरुमा पेम्बा योगर, डालास गोर्खाज टेक्सास, रोबिन सुब्बा एनवाईएनऍफ़सी न्यूयॉर्क, टीचोसो अवाइड, डीसी, हेरोन राइ, न्यूहेम्पशायर तथा विज्ञान श्रेष्ठ डिसीऍफ़सी छनौटमा परेका छन ।

मध्यपंक्तिमा पनि ६ जना खेलाडीहरुमा प्रतिक सिंह, एनवाईएनऍफ़सी न्यूयोर्क, कमल छेत्री एनवाईएनऍफ़सी न्यूयोर्क, किरण लामा एनवाईएनऍफ़सी न्यूयोर्क, रोशन देवकोटा, डालास गोर्खाज टेक्सास, परहंग लिम्बु, एनवाईएनऍफ़सी न्यूयोर्क तथा एबे मार्कोस डीसी छनौटमा परेका छन ।

अग्रपंक्तिमा अमृत तामाङ, डिसीऍफ़सी, शिशिर विश्वकर्मा, बाल्टीमोर एथलेटिक क्लब, उमेश पांडे डलास गोर्खाज टेक्सास तथा सोलोमन आजिग्बे डीसी छनौटमा परेका छन ।

आरक्षित खेलाड़ीहरुमा प्रलय राजभंडारी, एनवाईएनऍफ़सी न्यूयोर्क, बिबेक तामाङ बाल्टीमोर एथलेटिक क्लब, निरंजन केसी, डालास गोर्खाज टेक्सास, रोशन घिमिरे डीसीएफसी, टेनिस कटवाल डीसीएफसी तथा धीरेन मापचन, न्यू हेम्पशायर छनौटमा परेका छन ।