४ मंसिर २०८३, शुक्रबार

रुपन्देही अध्यक्ष मारिएपछि युवा संघले घोषणा गर्यो आन्दोलन, गृहमन्त्री भेट्ने

135.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । युवा संघ नेपालले रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याप्रति शोक व्यक्त गरेको छ ।

घटनालगत्तै सोमबार साँझ बसेको संघको स्थायी समिति बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै हत्यारालाई कडा कारवाहीको माग गरेको छ ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार बैठकले घटनाको छानविनका लागि राज्यलाई दबाब दिन विभिन्न कार्यक्रमको घोषणा पनि गरेको छ ।

उनका अनुसार मंगलबार विहान युवा संघ नेपालले गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाउने, पदाधिकारीसहितको छानविन समिति बनाउनका लागि राज्यलाई दबाब दिने, दुई दिनसम्म युवा संघको झण्डा आधा झुकाउने, देशभरका कार्यालयमा शोक पुस्तिका राख्ने, प्रत्येक जिल्लामा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

थप कार्यक्रम मंगलबार विहान ८ बजे युवा संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रवक्ता कटवालले बताए ।

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको सोमबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । घटनापछि एमाले रुपन्देही शोकमा डुबेको छ ।