४ मंसिर २०८३, शुक्रबार

तीन दलको बैठकबाट निस्केपछि सभामुख र एमाले उपाध्यक्ष गौतमको उत्तेजक अभिव्यक्ति

41.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । संसदको गतिरोध अन्त्यका लागि सभामुखले बोलाएको बैठकबाट निस्कने क्रममा सभामुख ओन्सरी  घर्ती र एमाले उपाध्यक्ष वामदेव गौतमले उत्तेजक अभिव्यक्ति दिएका छन् ।

बैठकबाट निस्कने क्रममा सभामुख घर्तीले ‘आफूले अब संसद् चलाउने’ बताइन् । उनले भनिन् – ‘नेताहरुलाई संसद चलाउनुपर्छ भन्दै म हिँडे। म संसद चलाउँछु।’

तर, सभामुख घर्ती लगत्तै निस्केका एमाले उपाध्यक्ष गौतमले भने त्यसको जबाफ दिँदै भने – ‘कसरी संसद् चल्दोरहेछ हामी पनि हेरौंला । संविधान संशोधनलाई कुनै पनि हालतमा संसद् प्रवेश गराउन दिन्नौँ ।’

सभामुख घर्ती र एमाले उपाध्यक्ष गौतम निस्के पनि प्रधानमन्त्री एवं माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच सिंहदरबारमा बैठक चलिरहेको छ ।

दिउँसो एक बजेका लागि बोलाइएको संसद्को बैठक अहिलेसम्म सुरु भएको छैन।