३१ आश्विन २०८३, शनिबार

लुटेको दुई तोला सुनको सिक्री रक्सीसँगै निलेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । काठमाडौँमा लुटपाटमा संलग्न एकजना आरोपीले लुटेको सुन लुकाउन खोज्दा ज्यानै जाने अवस्थामा पुगेका छन् ।

लुटेको दुई तोला सुनको सिक्री जाँडसँगै निलेका काठमाडौँ कीर्तिपुर घर भइ हलचोक बस्ने सुमन महर्जन जीवनमरणको दोसाँधमा पुगेका हुन् । गएको मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए।

काठमाडौंका प्रहरी निमित्त प्रमुख एसपी प्रधुम्न कार्कीका अनुसार, लुटेको प्रमाण लुकाउन खोज्दा उनको ज्यान नै जोखिममा परेको हो । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।